वैतडी घर बताउने गगनको भारतबाट सुर्खेतका युवाले गरे उद्धार

सुर्खेत ।
वैतडी जिल्ला घर बताउने एक जना वृद्धको सुर्खेतका एक युवाले भारतको हिमाचल प्रदेशबाट उद्वार गरेर सुर्खेत ल्याएका छन् ।
हिमाचल प्रदेशमा मजदुरी काम गर्ने गगन चन्दलाई सुर्खेतका पुर्ण बुढाले हिजो विहीबार सुर्खेत ल्याइ पु¥याएका हुन ।
वीरेन्द्रनगर १० बुल्बुले टोलमा बस्दै आइरहेका उनी पनि हिमाचल प्रदेशमा गएका थिए ।
‘सुरुमा उहाँले आफूसँग नेपाल आउने भाडा नभएको बताउनु भयो । मैले भाडा व्यहोरेर यहाँ ल्याइ दिएको हो । यहाँ आइसकेपछि उहाँले आफ्नो गाउँको नाम नै भन्न सक्नु भएको छैन ।’ उनले पहिलोप्रेससँग भने, ‘वैतडी जिल्ला मात्रै उहाँले भन्नु हुन्छ । उहाँको उमेर ६५ वर्ष भएको छ । उहाँलाई चिन्नुहुने आफन्तलाई सम्पर्क गरिदिन अनुरोध गर्दछु ।’
उनले आफ्नै घरमा बस्दै आइरहेका मुक्ति बुढालाई ९८६४०२१०२७ मा सम्पर्क गरि दिन उनका आफन्तलाई अनुरोध समेत गरेका छन् ।
उनले आफ्नो बुवाको नाम राम बहादुर चन्द, भाईहरुको नाम परुवा चन्द, करन चन्द र शिव चन्द तथा आमाको नाम दुर्गा चन्द रहेको बताएका छन् ।









पहिलोप्रेस
१७ कार्तिक २०८०, शुक्रबार ०९:४०