Loading... आजः ४ पुष २०८१, बिहीबार

भूकम्पले पू¥याएको क्षतिप्रति प्रदेश प्रमूख परियारद्वारा दुःख व्यक्त


सुर्खेत ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियाले गयराती आएको भूकम्पमा परी ज्यान गुमाउने प्रति श्रद्वाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ती प्रकाशित गर्दै उनले घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन ।

‘जाजरकोटको बारेकोट गाउँ पालीकाको रामीडाडा केन्द्रविन्दु भई शुक्रबार राती ११.४७ बजे गएको ६.४ म्याग्निच्युटको भुकम्पबाट भएको ठुलो संख्यामा मानविय र भौतिक क्षतीले मर्माहित बनाएको छ । उक्त घटनामा परी ज्यान गुमाउने व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरुमा समवेदनाका साथै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

शोक वक्तब्यमा उनले भनेका छन्, ‘उद्धार र उपचारमा खट्ने तिनवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरु सक्रियताका साथ खट्नु भएकोमा धन्यबाद छ । संघिय सरकारका सम्माननिय प्रधानमन्त्री, उर्जामन्त्री, पुर्व अर्थमन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सांसदहरु र स्थानीय सरकारका जनप्रतिनिधिहरुले समयमै घटनास्थलको अवलोकन तथा उद्धारमा सहयोग गर्नुभएकोमा आभार सहित धन्यबाद् व्यक्त गर्दछु । यथाशिघ्र क्षतिपुर्ति,राहत र उपचार गर्न पहलका लागी पनि हार्दिक अपिल गर्दछु ।’


सम्बन्धित समाचार