Loading... आजः ४ पुष २०८१, बिहीबार

भूकम्पमा परि घाईते भएका १६६ जनाको सरकारद्वारा उद्वार

राहत सामाग्राी धमाधम पठाउँदै प्रदेश सरकार

सुर्खेत ।
कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गयराती आएको भूकम्पका कारण ४३ जनाको ज्यान जानुका साथै ठूलो मात्रामा जनधनको क्षति भएपछि कर्णाली प्रदेश सरकारले धमाधम राहत एवम उद्वारका कामहरु गर्न लागेको छ ।

प्रदेश सरकारले भूकम्पमा परि घाईते भएकाहरुको उद्धार कार्य करिब सम्पन्न भएको जनाएको छ । हालसम्म प्रदेश सरकारले विभिन्न माध्यमबाट एक सय ६० जना घाईतेहरुको उद्वार गरिएको जनाइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले प्रयोग गर्दै आइरहेको कर्णाली प्रदेश ००१ झ ०००४ नम्बरको गाडी समेत राहत सामाग्री ढूवानी गर्न प्रयोग भइरहेको हो ।

प्रदेश सरकारले विपद व्यवस्थापन समितिको आज विहान बसेको वैठकले प्रदेश विपद व्यवस्थापन कोषबाट राहत एवम उद्धारकालागि आवश्यक रकम खर्च गर्ने र जनतालाई तत्काल सरकार भएको महसुस गराउने निर्णय गरेको थियो ।

सोही अनुसार प्रदेश सरकारले अहिले धमाधम विरामी ओसार्ने, उपचारका लागि हरेक पालिकामा स्वास्थ्यकर्मी पठाउने देखि अत्यावश्यक खाद्य सामाग्री पठाउने कामलाई तीव्रता दिएको हो ।

‘हालसम्म हामीले गैर खाद्य सामाग्रीहरु दुई हेलिकप्टर, दुई स्काई ट्रकबाट प्रभावित क्षेत्रमा पठाई सकेका छौं । थप एक एक ओटा पठाउने तयारीमा हामी सुर्खेत विमानस्थलमा छौं ।’ मन्त्री जिसीले भने, ‘हाल खाद्यान्न सामाग्री भनेप्रभावित क्षेत्र वरिपरिबाट संकलन गर्ने, व्यवस्थापन गर्ने तयारीमा हामी छौं । वाँकी भोली नै हामी खाद्य सामाग्रीसमेत पठाउँछौं ।’

मन्त्री जिसिका अनुसार गाडी र हेलिमार्फत जाजरकोटका १३ जना प्रदेश अस्पताल सुर्खेत र २३ जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।

यस्तै, रुकुम पश्चिमका सात जनाको नेपालगन्ज, १२ जनाको सुर्खेत र ८ जनाको काठमाडौंमा उपचार भइरहेको मन्त्री जिसिले जनाए ।

उनका अनुसार दैलेखमा भूकम्पका कारण तीन जना, जुम्लामा तीन जना घाईते भएका छन् ।

 


सम्बन्धित समाचार