Loading... आजः ४ पुष २०८१, बिहीबार

सुर्खेतमा बढदै बलात्कारका घटना, कर्णालीमा हरेक वर्ष दुइ सय भन्दा धेरे बलात्कारका घटना बढदै

सुर्खेत ।
कर्णाली प्रदेशमा बलात्कारका घटना धेरै घटने गरेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा हरेक वर्ष दुइ सय भन्दा बढि बलात्कारका घटना घटने गरेका हुन ।

सबैभन्दा बढि घटना सुर्खेतमा हुने गरेको प्रहरीको तथ्यांक छ । प्रहरी एसएसपी अर्जुन चन्दा अनुसार सुर्खेतमा चालु आर्थिक वर्षमा मात्रै ६७ वटा घटना दर्ता भएका छन् ।

सुर्खेतमा आर्थिक वर्ष ०७५÷०७६ मा जवरजस्ती करणका ६७ घटना भएका थिए भने सोही वर्ष १९ वटा जर्बजस्ती करणी उद्योग अन्र्तगतका घटना घटेका थिए । यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा ८३ घटना घटेको उनको भनाई छ ।
दैलेखमा चालु आर्थिक वर्षमा २५ वटा घटना घटेका छन् भने जाजरकोटमा १५ घटना घटेका छन् । रुकुममा १३, सल्यानमा ३५, जुम्लामा ९, हुम्लामा १०, मुगुमा तीन र कालिकोटमा चार वटा घटना घटेका छन् ।

यसरी हेर्दा आर्थिक वर्ष २०७५÷०७६ मा १९० वटा घटना घटेका थिए भने आर्थिक वर्ष २०७६÷७७ मा १९९ घटना घटेका थिए । चालु आर्थिक वर्षको आजको मितिसम्म १८७ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भइसकेको एसएसपी चन्दले बताए ।

‘समाजमा छाडापन बढिरहेको छ । र बलात्कारका घटना यसअघि कर्म आउने भएपनि अहिले उजुरी दर्ता गर्ने काममा बढोत्तरी भइरहेको छ ।’ उनी भन्छन्, ‘सोही कारण पनि घटनाको संख्या बढेको देखिएको हो ।’ उनले गाउँमा हुने यस्ता जघन्य अपराधका घटना लुकाउने प्रचलन अहिलेपनि रहिरहेको बताउँदै बलात्कारका विरुद्ध सबैको आवाज बुलन्द हुनुपर्नेमा जोड दिए ।

 


सम्बन्धित समाचार