Loading... आजः ४ पुष २०८१, बिहीबार

प्रदेश विपद काेषमा एनसेलद्वारा पचास लाख रकम जम्मा

एनसेलगाउँ वा एनसेल वस्ती निर्माण गर्न मन्त्री विसिको आग्रह


सुर्खेत ।
नेपालको नीजि क्षेत्रबाट सञ्चालित एनसेलले कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा आज पचास लाख रुपैंया राहत स्वरुप जम्मा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच एनसेलका कानुन तथा नियामक मामिला प्रमुख विशालमणि उपाध्यायले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण विसीलाई पचास लाखको चेक हस्तान्तरण गरेका हुन ।

‘हामीले भूकम्प गएकै दिन एक निर्णय गरेर उत्तः प्रभावित क्षेत्रका नागरिकको मोबाईलमा पचास रुपैंया व्यालेन्स जम्मा गरिदिएका थियौं । त्यो भनेको करिब चालीस लाख बराबरको रकम थियो ।’उपाध्यायले भने, ‘भूकम्प पश्चात त्यस क्षेत्रमा नेटवर्कको समस्या नहोस भनेर हामीले टिमपरिचालन गरेका थियौं, एक ओटा टावरमा मात्रै समस्या आएको थियो । अहिले सबै टावरले राम्रोसँग काम गरिरहेको अवस्था छ ।’

उनले एनसेलले काठमाडौंमा नै विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्न सक्ने भएपनि सबैभन्दा बढी खटन पटन गरेको कर्णाली प्रदेशलाई नै राहत रकम उपलब्ध गराउने सोचका साथ यहाँ आएको बताए ।

उनले आगामी दिनमा पनि भूकम्पबाट पीडित कर्णालीस् प्रदेशलाई थप सहयोग गर्ने बताउँदै सकेसम्म भौतिक पूर्वाधार निर्माणमा पनि लगानी गर्न सकिने धारणा राखे ।

यता, कर्णाली प्रदेश सरकारका प्रमूख सचिव चुडामणि पौडेलले विपत्तिमा सबै मिलेर जानुपर्ने बताउँदै त्यसको उदाहरण स्वरुप एनसेलले गरेको यो सहयोग भएको बताए ।

‘विपत्तिमा सबै मिलेरै जानू पर्छ । हामी सुरुको दिन देखि नै यहाँको साधन श्रोत परिचालन गरेर सबै नागरिकको हातमा राहत पुगोस भनेर लागि परेका छौं ।’ प्रमूख सचिव पौडयालले भने, ‘एनसेलले संघीयतालाइ सम्झिएको छ । संघीयताको मर्म र भावना अनुसार यहाँहरुले सहयोग गर्नु भएको छ । यसकालागि हामी धन्यवाद दिन चाहन्छौं ।’ उनले स्थानीय वा संघीय सरकार भन्दा पनि छिटो एक्सनमा जाने प्रदश सरकार भएको बताउँदै आगामी दिनमा पनि एनसेलबाट सहयोग पाउनेमा सरकार विश्वस्त रहेको बताए ।

मन्त्री विसिले यतिबेला कर्णाली थप पीडामा रहेको बताउँदै पीडामा मल्हम लगाउन एनसेल आइदिएकोमा आभार प्रकट गरे ।

‘धेरै अभाव र अप्ठ्यारासङ्ग कर्णाली जुधिरहेको समयमा यो बिपत आइपरेको छ, यसले सबै मानवको आत्मा दुखाएको छ । भूकम्पका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।’ मन्त्री विसीले भने, ‘अहिले सबै हामी त्यतै केन्द्रीत छौँ । कारुणिक अबस्था अहिले त्यहाँ छ । जसले जे जति सहयोग गर्न सकिन्छ गरौं ।’

मन्त्री विसिले थपे, ‘संघीयताको मर्मलाइ महसुस गरेर आउनु भयो । अब हामी सबै मिलेर जनताको आँसु पुछुनु छ, धेरै जनधनको क्षति भएको छ । अब सरकारी र निजि क्षेत्रले क्षतिग्रस्त पुर्बाधारको पुनर्निर्माण गर्नु छ । त्यसका लागि सिङ्गो सरकार लागि परेको छ । हाम्रो सबै संरचना त्यता केन्द्रीत छ । त्यसका अलावा भूकम्पपीडित क्षेत्रमा महामारी पनि फैलिने सम्भावना भएका कारण त्यतातर्फ पनि हामिले अब ध्यान पुर्याउनु छ ।’

उनले एनसेललाई सकिन्छ भने पूर्वाधार निर्माणमा लगानी गर्न आव्हान समेत गरे ।

 


सम्बन्धित समाचार