Loading... आजः २५ फाल्गुन २०८१, आईतवार

बिपदको समयमा गाउँ–गाउँ पुग्नसक्ने योजना बनाउछौँः निर्देशक खडका

भूकम्पबाट घाईते भएका २४ जना डिस्चार्ज

सुर्खेत ।
प्रदेश अस्पताल कालागाउँ सुर्खेतका निर्देशक डा. डम्बर खड्काले कात्तिक १७ गते आएको भुकम्पले विपद व्यवस्थापनबारे पाठ सिकाएको बताएका छन ।

आज प्रदेश अस्पतालमा आयोजित पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै उनले आगामी दिनमा प्राकृतिक बिपद ब्यबस्थापन अन्र्तगत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश अस्पतालले छुट्टै योजना बनाउने बताए ।

‘अहिले हामीले जाजरकोटमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टिम पठायाँै । आगामी दिनमा बिपदले प्रभावित गरेका गाउँमै टिम पठाउने गरि योजना बनाउने तयारीमा छौं ।’ उनले भने, ‘औषधि देखि अर्थोपेडिक सामानहरुको ब्यबस्थापन गरेको खण्डमा हामी यस्ता बिपदसङ्ग लड्न सक्छौँ भन्ने पाठ सिकेका छौं ।’

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रबिन खड्काले प्रदेशबाट भुकम्प गएको भोलिपल्ट ९६ जनाको स्वास्थ्यकर्मी टोलि उद्वार र उपचारको लागि खटाइएको बताए ।

‘अहिले हामीले अति प्रभावित गाउँमा सात ओटा टोलि खटाएका छौं । तिहारको बिदा आइसकेका अबस्थामा कसरी स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा उक्त टोलिले प्रतिबेदन दिनेछ ।’ उनले भने, ‘त्यसैको आधारमा थप निर्णय लिने छौँ ।’

उनले भूकम्पबाट विक्षिप्त भएका नागरिकलाई संक्रामक रोगबाट जोगाउने तिर निर्देशनालय लागेको बताए ।

२४ जना डिस्चार्ज
कात्तिक १७ गते जाजरकोटको रामिडाडा केन्द्रबिन्दु बनाइ आएको भुकम्पमापरी घाइते भएका २४ जना प्रदेश अस्पतालमा उपचार गरि डिस्चार्ज भएका छन ।

१८ गते बिहानैबाट प्रदेश अस्पतालमा घाइतेहरुलाई प्रदेश सरकारले उद्वार गर्न सुरु गरेको थियो भने उनिहरुको उपचारका लागि प्रदेश अस्पताललाइ तयारी अबस्थामा राखिएको थियो ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार प्रदेश अस्पतालमा कुल ४५ जना भर्ना भर्का थिए ।

ती मध्य एक जना मनोरोगी, एक जनालाइ न्युरो आइसियु भेन्टिलेटर, एक जना आइसियु र १९ जना वार्डमा उपचार गराइरहेका छन ।

अस्पतालमा भेरी नगरपालिका जाजर्कोटका १३ जना, बारेकोटका ६ जना, नलगाडका एक जना, कुशेका दुई, जुनिचादेका एक र छेडागाडका दुई जना भर्ना गरिएको थियो ।

रुकुम पस्चिमको चौरजहारिका ६ जना, सानिभेरिका तीन जना, आठबिसकोटका १० जना र दैलेखको गुरास गाउपालिकाका एक जनाको अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा २८ महिला र १७ पुरुष गरि ४५ जनाको उपचार गरिएको उनले बताए ।

उनका अनुसार हालसम्म पाच जनाको शल्यक्रिया गरिएको बताए ।

हेलिकप्टर मार्फत उद्वार गरेर सुर्खेत बिमानस्थलमा ल्याइएका घाइतेहरुलाई अस्पतालसम्म ल्याउन प्रदेश अस्पतालका तीन ओटा एम्बुलेन्स परिचालन गरिएको उनको भनाइ थियो ।


सम्बन्धित समाचार