कर्णाली सरकारको फेरी असारे विकास प्रवृत्ति हावी, २५ दिनमै सात अर्व बढी खर्च !
सुर्खेत ।
कर्णाली सरकारले फेरी एकपटक असारे प्रवृत्ति दोहो¥याएको छ । ११ महिनामा जम्मा नौ अर्ब खर्च गरेको सरकारले असारका २५ दिनमा मात्रै सात अर्ब बढि रकम खर्च गरेको छ ।
आव २०७७÷०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्म आउदा रु नौ अर्व सात करोड ९२ लाख ६२ हजार एक सय ६६ खर्च भएको थियो । असार महिनाका २५ गतेसम्म आइपुग्दा २५ दिनसहित १६ अर्व ८२ करोड ७९ लाख खर्च भएको छ । यो रकम ११ महिनाको तुलनामा झण्डै सात अर्ब रुपैंया २५ दिनमा प्रदेश सरकारले खर्च गरेको पाइएको छ ।
जेठ मसान्तसम्म चालु तर्फ रु १४ अर्व ६७ करोड २२ लाख ३२ हजार मध्ये चार अर्व ४१ करोड ४४ लाख ८० हजार खर्च गरेको प्रदेश सरकारले सात अर्ब २२ करोड ६७ लाख खर्च गरेको छ ।
पुजिगत तर्फ रु १९ अर्व छ करोड ९१ लाख २१ हजार मध्ये रु चार अर्व ६६ करोड ४७ लाख ८२ हजार जेठ मसान्तसम्म खर्च गरेको सरकारले नौ अर्ब ६० करोड ११ लाख खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानवहादुर वमका अनुसार सरकारले चालु बजेट तर्फ ४९ दशमलव २५ र पुंजीगततर्फ ५० दशमलव ३४ प्रतिशत खर्च गरेको छ ।
लेखा कार्यालय प्रमुखले बजेट कार्यान्वयनमा कोरोना महामारीलाई आधार मानेका छन् । उनले नेपालप्रेससँग भने, ‘कोरोना महामारी हुनु, कार्यान्वयन संयन्त्रको तुलनामा बजेटको आकार ठूलो हुनु, तयारी विनाका आयोजनालाई बजेट दिईनु, समयमै बजेटको बाँडफाँट नहुनु, बारम्बार कार्यक्रम सँशोधन भईरहनु, अनुगमनको पाटो कमजोर रहनु कमजोरी रह्यो ।’ उनले थपे, ‘मुख्यमन्त्री–मन्त्री– सचिव–कार्यालय प्रमुखबीचको कार्यसम्पादन करारको कार्य औपचारिकतामा सीमित रहनु पनि यसकालागि जिम्मेवार रहेको हामीले ठहर गरेका छौं ।’
यस्तै, बजेट जवाफदेहिताको परिपालना कार्यान्वयनकर्तामा स्थापित गर्न नसकिनु चुनौतीको रुपमा रहेको उनको भनाई छ ।
पहिलोप्रेस
१ श्रावण २०७८, शुक्रबार १०:११