Loading... आजः १९ फाल्गुन २०८०, शनिबार

मध्यपहाडी अभियान बारे एमाले नेता रावललाई दिइएन जानकारी

मिडियामा आएको कुरा सुनेको हो, के अभियान हो थाहा छैनः नेता रावल


सुर्खेत ।
नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्ग अन्र्तगत गर्ने भनेको संकल्प यात्राका बारेमा एमालेका प्रभावशाली नेता डा. भीम रावललाई जानकारी नदिइएको पाइएको छ ।

नेकपा एमालेले मंसिर १४ गतेदेखि अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा सुरु हुने भनिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राका बारेमा पश्चिम नेपालमा प्रभावशाली मानिने एमाले नेता रावललाई कुनै जानकारी नै नदिइएको पाइएपछि एमाले वृत्तमा असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् ।

एमालेको दशौं महाधिवेशनमा आफू विरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएको भन्दै पार्टीका हरेक निकायमा रावललाई कस्दै गइरहेका अध्यक्ष ओलीले अभियानका बारेमा आफूलाई कुनै पनि जानकारी नदिएको बताएका हुन ।

‘एमालेले के अभियान सञ्चालन गर्दैछ, किन गर्दैछ भन्ने बारेमा मलाई केहि जानकारी छैन । मैले मिडियामा आएका कुराहरु सुनेर उक्त निर्णय थाहा पाएको हुँ ।’ उनले भने, ‘एमाले जस्तो पार्टीमा पनि के कार्यक्रम हुँदैछ भनेर जानकारी नदिनु भनेको दुखद हो । यसले पार्टीलाई फाईदा वा घाटा के हुन्छ, त्यो उनिहलाई नै थाहा होला ।’


सम्बन्धित समाचार