Loading... आजः ४ पुष २०८१, बिहीबार

तथ्यांक संकलकलाई सहयोग गर्न मन्त्रालयको आव्हान

सुर्खेत ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बबई नाका र कपुरकोट नाकामा कृषि उपजको आयात निर्यातबारेमा तथ्यांक संकलन गर्न राखिएको टोलीलाई सहयोग गर्न आव्हान गरेको छ ।

मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा मंसिर ७ गतेदेखि दुवै स्थानमा टोली खटाई सकिएको उल्लेख गरिएको हो ।

‘नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था अवलम्बन गरेसँगै विकास तथा सेवाका कार्यहरुलाइ संघ, प्रदेश र स्थानीय तहबाट जनता समक्ष पुन्याउँदै आएकोमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशले आफ्नो प्रदेश भित्रका कृषि र पशुपन्छीजन्य वस्तुहरुको उत्पादन तथा बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस प्रदेशमा आयात निर्यात हुने कृषि उपजहरुको तथ्याङ्क सङ्कलन गर्न जिल्लाका सुरक्षा निकाय तथा सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्दै कर्णाली प्रदेशको दुई प्रमुख नाका कपुरकोट (सल्यान) र बबइ (सुर्खेत) मा मिति २०८०÷०८÷७ गते देखि चार जना तथ्याङ्क सङ्कलकहरु खटाई कृषि उपजहरुको तथ्याङ्क लिने कार्यको थालनी गरिएको सबैमा जानकारीको लागि अनुरोध छ। कर्णाली प्रदेश भित्र उत्पादित र वाह्य क्षेत्रबाट आउने कृषि उपजहरुको यथार्थ तथ्य उपलब्ध नुहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा कठिनाइ परेको महसुस गर्दै यस उप्रान्त उल्लिखित नाकाहरुबाट दैनिक उपलव्ध हुने कृषि उपजहरुको आयात निर्यात तथ्याङ्कलाई मन्त्रालय र मातहतका नियकायले विश्लेषण गर्दै बजार व्यवस्थापन र गुणस्तर प्रवर्द्धनमा प्रयोग गर्नेछ। उपलब्ध तथ्याङ्कहरु मार्फत यस मन्त्रालयलाई कृषि क्षेत्रको विकासमा भावी नीति तथा कार्यक्रम तय गर्न महत्वपूर्ण सहयोग हुनेछ भन्ने आशा गरिएको छ ।’

विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘तर्सथ मन्त्रालयबाट खटाइएका तथ्याङ्क सङ्कलकहरुले पालो मिलाइ चौविसै घण्टा दुवै नाकाहरुबाट प्रदेश भित्र आवात जावत गर्ने यातायातका साधनहरुलाई सुरक्षा निकायसँगको समन्वयमा कृषि उपजहरुको विवरण सोधखोज गरि तथ्याङ्क लिने हुँदा सरोकारवालाहरु सबै पक्षबाट तथ्याङ्क सङ्कलकहरुलाई सहयोग हुन अनुरोध गर्दछाँै । यहाँको धैर्यता र उपलब्ध हुने तथ्याङ्कले कृषि क्षेत्रको विकास तथा कार्यक्रम सञ्चालनमा महत्वपूर्ण योगदान र सहयोग हुने विश्वास सहित आभार व्यक्त गर्दछौँ ।’


सम्बन्धित समाचार