Loading... आजः २२ भाद्र २०८१, शनिबार

विपदको समयमा जनताको नजिक रहेर काम गर्नुहोसः उपमहासचिव शर्मा

भूकम्प प्रभावित जिल्लामा भवन निर्माण गर्न नेराकसले बीस लाख सहयोग गर्ने


सुर्खेत ।
भूकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुम जिल्लामा नेपाल राष्ट्रिय कर्मचारी संगठनले भवन निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने भएको छ ।

नेराकसको कर्णाली प्रदेश समितिको विस्तारित वैठकले कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले पु्रयाएको क्षतिमा मल्हम लगाउन आवश्यकता पहिचान गरेर दुई जिल्लामा बीस लाख रुपैया बराबरको भवन निर्माण गर्ने निर्णय गरेको प्रदेश उपाध्यक्ष मुकुन्द शर्माले जानकारी दिए ।

उनका अनुसार विस्तारित वैठक अघि नै समितीले   भूकम्पपीडितका लागि समितिले राहत सामाग्री समेत वितरण गरिसकेकाे छ । पीडितहरुलाई समितिले त्रिपाल, भाँडाकुँडा, कम्वललगायतका सामाग्री हस्तान्तरण गरिएकाे थियाे ।

आज सम्पन्न वैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकर, प्रदेश अध्यक्ष विमला केसि, समितिका केन्द्रीय अध्यक्ष अम्वदत्त भट्टसहित पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

वैठकमा उपमहासचिव शर्माले जाजरकोट तथा रुकुम पश्चिममा भूकम्पले ठूलो क्षति पुर्याएको बताउँदै पुर्ननिर्माणमा जुटन सबै कर्मचारीलाई अनुरोध गरे ।

उनले जनता पीडामा रहेको समयमा उनीहरुको पीडालाई कम गर्ने खालको अभियान सुरु गर्न समेत उपमहासचिव शर्माले सुझाव दिए ।