मङ्सिर अन्तिमसाता सुर्खेत आइडल हुने
सुर्खेत ।
क्र्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सांगितिक प्रतिस्पर्धात्मक कार्यक्रम सुर्खेत आइडल आयोजना हुने भएको छ ।
आगामी मंसिर अन्तिम साता देखि अनलाईनबाट सुर्खेत आईडलका लागि दरखास्त मागिने आयोजकले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
झण्डै १० देखि ११ लाख खर्च लाग्ने अनुमान गरिएको उक्त आइडलमा नृत्य र गायनतर्फका तीन तीन जना छनौट हुनेछन् ।
आरकेवि कला केन्द्र नेपालगन्जका निर्देशक राजन वैश्य, सुर्खेति कलाकार कमल निर्मोही र कलाकार रेशम नेफकिङ्गको आयोजनामा उक्त आईडल सम्पन्न हुने भएको हो ।
‘हामी सुर्खेतमा सुरुमा यहिँका कलाकारबाट तथा अन्तिममा अन्र्तराष्ट्रिय स्तरका कलाकारबाट मूल्यांकन गर्न लगाउनेछौं । पाँच सय रुपैंया तिरेर गायन वा नृत्य विद्यामा कोही पनि कलाकारले भाग लिन सक्नेछन् ।’ निर्मोहीले भने, ‘यसमा हामीले उमेरसमूह तोकेका छैनौं । जुनसुकै उमेरका कलाकारले पनि भाग लिन सक्नेछन् ।’
प्रतियोगिताको बारेमा पूर्ण तयारी भइसकेपछि थप जानकारी दिने निर्र्माेहिको भनाई थियो ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । यो पुरस्कार नृत्य र गायन दुवैतर्फ प्रदान गरिने भएको हो ।
पहिलोप्रेस
९ मंसिर २०८०, शनिबार १६:५०