Loading... आजः ४ पुष २०८१, बिहीबार

वीरेन्द्रनगर न्यायीक समितिमा धेरै उजुरी बाटोका, दोश्रोमा जग्गा विवाद

न्यायीक समितिको स्व मुल्यांकनमा शतप्रतिशत अंक

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाको न्यायीक समितिमा बाटो सम्वन्धी धेरै मुद्दाहरु पर्ने गरेको पाइएको छ । नगरपालिकामा आर्थिक वर्ष २०७५÷०७६ मा ७७ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६÷०७७ मा ५४ वटा मुद्दा दर्ता भएका थिए । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा १३ वटा मात्रै मुद्दा दर्ता भएको नगर उपप्रमुख मोहनमाया ढकालले बताईन । उनका अनुसार तीन वर्षको अवधीमा बाटो सम्वन्धी विवादका ४२ वटा मुद्दा दर्ता भएका छन भने दोश्रोमा जग्गा विवाद सम्वन्धी मुद्दा दर्ता भएका छन् । जग्गा विवाद सम्वन्धी ३६ वटा मुद्दा दर्ता भएका हुन ।

यस्तै, लेनेन सम्वन्धी १० वटा, हिंसा सम्वन्धी १२ वटा, अंश सम्वन्धी ४, निकास सम्वन्धी १०, घर सम्वन्धी दुइ, ज्येष्ठ नागरिकलाई पालन पोषण नगरेको १, क्षति सम्वन्धी ५, फोहोर सम्वन्धी १३, नागरिकता सम्वन्धी एक र ज्याला मजदुरी सम्वन्धी ८ ओटा मुद्दा दर्ता भएका हुन ।

‘नगरपालिकाको न्यायीक समितिले न्यायीक समितिले गरेको कामहरुको लसम्वन्धमा स्थानीय तह संस्थागत क्षमता स्व मुल्यांकन (लिसा) प्रणालीमा कार्य सम्पादनको शतप्रतिशत अंक सहित ७५.७५ अंक वीरेन्द्रनगरले प्राप्त गरेको छ ।’ उपप्रमुख ढकालले भनिन्, ‘यहाँका आर्थिक रुपमा विपन्न नागरिकलाई कानूनी सहायताका लागि वैतनिक वकीलको पनि व्यवस्थापन गरेका छौं । कम्तिमा यहाँका नागरिकले सजिलै न्याय पाउन र कोही कसैले पनि रकम अभावकै कारण पीडामा बस्ने अवस्था नआओस भन्ने नै हो ।’
उनले नगरपालिकाका १६ जना छात्रालाई कानून विषयमा उच्च शिक्षा अध्ययनका लागि छोरी छात्रवृत्ति कार्यत्रम सञ्चालन गर्न लागिएको बताईन ।

न्यायीक समितिमा आउने उजुरीहरुमा छिटो भन्दा छिटो न्याय दिलाउने र आर्थिक रुपमा कमजोर भएकाहरुकालागि निशुल्क कानूनी उपचारको व्यवस्थ ागर्ने तयारी नगरपालिकाले गरेको उनको भनाई थियो ।


सम्बन्धित समाचार