हामी पनि आयौं
कर्णाली रोग, भोक, अशिक्षा र गरिवीले जेलिएको छ । कर्णाली यस्तो प्रदेश हो, जहाँ विकास त हुन्छ नै, साथमा विनाश पनि भइरहेको छ । यहि परिप्रेक्ष्यमा हामी कर्णालीको शसक्त आवाज बन्ने गरि आएका छौं । निष्पक्ष, सत्य, तथ्यमा आधारित रहेर हामी लोकतन्त्र, राष्ट्र र राष्ट्रियताको पक्षमा निडर र निर्भिकताका साथ सशक्त रुपमा कलम चलाउने संकल्प गर्दछौ ।
हामी केवल पत्रकारिताको दुनियामा संख्या थप्न नभइ गुणस्तरीयतामा विश्वास गर्ने भएकोले हामी आम पाठकको मन मष्तिष्कमा हाम्रो अनलाइन पत्रिकाले छाप छाड्ने आम पाठकलाई विश्वास दिलाउन चाहान्छौ । दिक्षा एण्ड दिक्षित प्रालिद्धारा सञ्चालित पहिलोप्रेस डट कम आम पाठकका रोजाइ हुनेछ । यसका लागी हामीले जस्तो सुकै मुल्य चुकाउन पनि तयार छौ ।
हामी मिशन पत्रिकारितामा विश्वास गर्छौ । भ्रष्ट्रचार, वेथिति, विसंगती, कुशासन, समाजका काँडा माथि चिरफार गर्ने क्रममा हामी कसैसँग सम्झौता गर्ने छैनौ । जस्तो सुकै परिस्थितिमा पनि हामी आम जनताको माया ममताका साथ विश्वासिलो पत्रकारिता गर्ने प्रण गर्दछौ ।
हामी पत्रकारितालाई समाजको ऐना हो भन्ने प्रमाणित गर्न चाहान्छौ ।
देश र समाजमा शान्ति र विकासको लागी हाम्रो पत्रकारिता हुनेछ । हाम्रो पत्रकारिता, हाम्रो अनलाइन पहिलोप्रेस डटकम यो समाज र देशका लागी टिकाउ र बिकाउ नै हुने छ । हामी अविरल रुपमा नदी जसरी सदैव बगिरहने छौ । पत्रकारिता र पर्चाकारिता विच भिन्नता भएकोले हामी पीतपत्रकारितादेखि सदैव टाढा रहने छौ ।
राजनितिक आस्थालाई होइन देश र जनताको पक्षमा सदैव कलम चलाउने छौ । सत्य, तथ्य निष्पक्ष पत्रकारिताका लागी हामी गंगापूर्ण हिमाल जस्तै अटल र अडिग हुने छौ । पाठक, श्रोता, दर्शकको मनमष्तिष्कमा बस्न चाहाने भएकोले तपाईहरुको साथ र सहयोग, सुझावको अपेक्षा सदैव गर्दछौ ।
पहिलोप्रेस
१ श्रावण २०७८, शुक्रबार १०:४१