सरकारमा रहेका पार्टी र प्रधानमन्त्रीले निराशा बाँडेका छन् : नेता कँडेल
सुर्खेत।
नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले सरकारमा रहेका पार्टी र प्रधानमन्त्रीले जनताकामाझ निराशा बाँडिरहेकाे बताएका छन्।
एमाले आठबीसनगर कमिटी दैलेखले आयाेजना गरेकाे बृहत पार्टी कार्यकर्ता भेलामा बाेल्दै कँडेलले यस्ताे बताएका हुन्।
एमाले नेता कँडेलले सरकारमा रहेका सबै राजनीतिदल र प्रधानमन्त्री जस्ता व्यक्तिले नै जनतालाई निराशा बनाएकाे आराेप लगाए।
उनले भने, `सरकारमा रहेका प्रधानमन्त्रीले जनताका माझमा निराशा, अराजक फैलाइरहेका छन्। भाषण गर्दा सुर लागेकाबेला २ लाख मान्छे जम्मा गरेर सडकमा जान्छु भन्दैछन्। सरकारकाे कुर्सीमा बस्ने फेरी सडकमा जाने धङधङीकाे कुरा गर्दा अर्काेले पनि सडककाे कुरा गरे के हाेला ?´
साथै नेता कँडेलले द्वन्द्वकाबेला जे भन्दा आफुतिर आकर्षक हुन्छन् त्यसैगरी राज्य वितरण गरे जस्तै अहिले पनि प्रधानमन्त्रीकाे कुर्सीमा बसेका बेला माओवादीलाई जिताएपछि जातिका आधारमा प्रदेशकाे नामाकरण गर्छु भन्दा नेपाली काँग्रेस टुलुटुलु हेरेर बसेकाे बताए।
गणतन्त्रकाविरूद्व कानेखुसी नभए शंखघाेष गरेर सडकमा उत्रिरहेकाेबेला सरकार मुकदर्शक बनेर बसेकाे नेता कँडेलले आराेप लगाए।
पहिलोप्रेस
१४ मंसिर २०८०, बिहीबार १७:४५