कर्णाली प्रदेशसभा सभामुख अष्ट्रेलियामा, थप दुई सांसद पनि विदेशमा
सुर्खेत ।
कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ्ग हाल अष्ट्रेलियामा रहेकी छिन् ।
वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत् राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल मंसिर १० गते आइतबार राति अष्ट्रेलिया गएको हो ।
उक्त टोलीमा सहभागि हुँदै सभामुख गुरुङ्ग पनि अष्ट्रेलिया गएकी हुन । प्रदेश सभा स्थापना भएको ६ वर्षमा पहिलोपटक सभामुखले यस्तो भ्रमणको अवसर पहिलो पटक पाएको हो ।
यस्तै, प्रदेश सभा सदस्य एवम सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारी पनि विदेश भ्रमणमा छन् ।
उनि डेमोक्रेसी एक्सन पार्टनरसीप अन्र्तगत इन्डोनेसियाको बालीमा नोभेम्बर २९–३० तारिखमा सम्पन्न भएको कार्यक्रमका लागि पुगेका हुन ।
यस्तै, प्रदेश सभा सदस्य सन्तोषि शाही अाज अमेरिका उडेकी छिन् ।
उनि इन्टरनेश्नल भिजिटर लिडरसीप प्रोग्राममा सहभागि हुन अमेरिका गएकी हुन ।
पहिलोप्रेस
१५ मंसिर २०८०, शुक्रबार १०:१४