Loading... आजः ३ पुष २०८१, बुधबार

पूर्वप्रधानमन्त्री ओलीबाट नेताहरुका यस्ता थिए आश, भेटै नदिएर बनाए निराश !

दिन पाएनन ध्यानाकर्षण पत्र, यस्ता थिए माग

सुर्खेत ।
नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीसँग दैलेखका जिल्ला समन्वय समिति प्रमूख देखि अन्य राजनीतिक दलका प्रमूखहरुले भेट गर्न नपाएको बताइएको छ ।

आठबीस नगरपालिकाको राकम कर्णालीमा आईतबार आयोजना गरिएको आमसभालाई सम्वोधन गरि वास बस्न दैलेख सदरमुकाम आइपुगेका एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीलाई दैलेखमा क्रियाशील राजनीतिक दलका तर्फबाट दैलेखको सर्वाङ्गिण विकासका लागि ध्यानाकर्षण पत्र बुझाउने तयारी दलहरुको रहेको थियो ।

सोही अनुसार आज विहान सात बजे दैलेख बजारमा रहेको एन के होटलमा सामूहिक स्वागत तथा भेटवार्ता गर्ने कार्यक्रमको लागि समय मिलाइएको थियो ।

विहानै सात बजे होटलको सभाहलमा पुगेका जिल्ला समन्वय समिति प्रमूख नमराज शाही, नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, नेकपा माओवादीका इन्चार्ज प्रेम कटुवाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जंग बहादुर शाही, संघीय सांसद अम्मरबहादुर थापा, प्रदेश सभा सदस्य पूर्णबहादुर चालिसे, राप्रपाका अध्यक्ष भक्त बहादुर शाहीलगायतका दलहरुका प्रमूखलाई भेट गर्न नदिइएको गुनासो माओवादी इन्चार्ज कटुवालले गरेका छन् ।

‘हामीले राजनीतिक दल भन्दा माथि उठेर दैलेखको विकासका लागि ध्यानाकर्षण गराउन हिजो देखि नै तयारी गरेका थियौं । उहाँलाई स्वागत गर्ने र ध्यानकर्षण पत्र बुझाउने योजना अनुसार हामी हलमा कुरेर बसेका थियौं ।’ पहिलोप्रेससँग कुरा गर्दै उनले भने, ‘पूर्व माननीय राजबहादुर बुढाले तपाईहरु बाहिर जानुहोस, तलै भेटनुहोला भन्नु भयो । सोही अनुसार हामी झर्दै गर्दा अध्यक्ष ओली अरु व्यवसायीलाई भेट गर्न मथि जानु भयो । यसरी हेर्दा एमालेका साथीहरुमा राजनीति संस्कार नभएको हामीले पायौं ।’

यस्ता थिए माग
१) हालको कणर्णाली राजमार्गको वैकल्पिक द्रुत मार्ग जुन हालको कर्णाली राजमार्ग भन्दा सुरक्षित र करिब ९० कि.मि. छोटो पर्ने साविकको भेरी र कर्णाली क्षेत्रको व्यवसायीक साइनो जोड्ने कर्णाली प्रदेशको आर्थिक मेरुदण्डको रुपमा रहेको नेपालगञ्जको जमुनाहा–सुर्खेत–दैलेख–महाबु– कालिकोट– जुम्ला–मुगुको नाम्चेनाङ्गला हुदै चीन जोड्ने सम्माननीय पूर्वप्रधानमन्त्रीज्यू आफै प्रधानमन्त्री हुँदा चीन सरकारसँग सम्झौता भएको नेपालको अत्यन्तै महत्वपूर्ण उत्तर–दक्षिण सडक कम्तीमा पनि दुई लेन हुने गरी निर्माण स्तरउन्नती कालोपत्रे गर्ने कार्यमा उल्लेखनीय रकम विनियोजन गरी द्रुत गतिमा सडक निर्माण कार्य अगाडी बढाउनको लागि नेपाल सरकारमा पहल गरिदिनुहुन अनुरोध छ ।

२) नेपालको बहुप्रतिक्षित राष्ट्रिय गौरवको योजनाको रुपमा निर्माण ।धिन माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माणको जिम्मा लिएको भारतीय जी एम.आर कम्पनीले आयोजनाको डिपिआर तथा सम्झौता भएको लामो समयदेखि हालसम्म पनि आयोजना निर्माणको काम सन्तोषजनक नगरेको र काममा ढिला सुस्ती तथा लापर्वाही गरी निर्माण कार्य हाल ठप्प रहेको हुँदा द्रुत गतिमा आयोजना निर्माण कार्य संचालन गर्न गराउन भारतीय जी एम. आर कम्पनी र नेपाल सरकारसँग पहल गरिदिनुहुन अनुरोध छ ।

३) सम्माननीय पूर्वप्रधानमन्त्री आफै प्रधानमन्त्री हुँदा अगाडी बढाईएको नेपाल सरकारको बहुप्रतिक्षित योजनाको रुपमा रहेको दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन् गर्ने कार्यलाई छिटो, छरितो, प्रभावकारी र परिणामुखी तरिकाले सम्पन्न गर्न गराउन नेपाल सरकारसँग सम्माननीय पूर्वप्रधानमन्त्री ज्यू मार्फत पहल हुन सादर अनुरोध छ ।

४) सम्माननीय पूर्वप्रधानमन्त्री आफै प्रधानमन्त्री हुँदाको समयमा पूर्व सम्भाव्यता अध्ययन र निर्माणको लागि नेपाल सरकारको बजेट तथा कार्यक्रममा समेटिएको सुर्खेतको कपासे देखि दैलेखको माथिल्लो डुङ्गेश्वर सम्मको सुरुङ् मार्ग निर्माण योजनालाई कर्णाली प्रदेशको सुरुङ् मार्गको सुरुवाती योजनाको रुपमा बजेट विनियोजन गरी निर्माण कार्य अगाडी बढाउनको लागि नेपाल सरकारसँग पहल गरिदिनुहुन सादर अनुरोध छ ।

ऐतिहासिक, पुरातात्विक, सांस्कृक्तिक, धार्मिक, पर्यटकीय र प्राक्तिक सम्पदाको दृष्टिले नेपालकै जराणी जिल्लाको रुपमा चिनिने दैलेख जिल्ला र कणर्णाली प्रदेशको पर्यटन विकासको मेरुदण्डको रुपमा रहेका सुर्खेतको काक्रेविहार, दैलेखको पञ्चकोशी क्षेत्र, ऐतिहासिक कोतगढी, बेलासपुर, महाबुगाच, जुम्लाको चन्दननाथ र मुगुको रारा जस्ता अत्यन्तै महत्वपूर्ण पर्यटकीय, धार्मिक तथा प्राकृतिक सम्पदाहरुलाई समेट्ने गरी पर्यटकीय कोरिडोर गुरुयोजना निर्माण गरी उक्त सम्पदाहरुको संरक्षण, सम्बर्द्धन र विकास गर्ने कार्यमा आवश्यक पहल गरिदिनुहुन सादर अनुरोध छ ।

६) नेपाल सरकारबाट विगतमा स्मार्ट सिटिको रुपमा घोषण भएको दुल्लु नगर क्षेत्र र मध्यपहाडी लोकमार्गका दशवटा महत्वपूर्ण साना शहरी विकास योजना (मेघा सिटि) मध्य पर्ने राकम कर्णाली साना शहरी विकास योजना को कार्यलाई नेपाल सरकारको उद्देश्य अनुरुप काम सम्पादन गर्न एथेष्ट रकम विनियोजन गरी छिटो छरितो र प्रभावकारी रुपमा काम अगाडी बढाउन नेपाल सरकारसँग आवश्यक पहल गरिदिनुहुन अनुरोध छ ।

७) कर्णाली प्रदेशकै गौरवको योजनाको रुपमा रहेको दैलेखको माथिल्लो डुङ्गेश्वर–दुल्लु–कुसापानी– कालिकोटको नाग्म–मुगु हुदै नाग्चेनाङ्गला चीन जोड्ने पक्की सडकको निर्माण कार्य द्रुत गतिमा अगाडी बढाउनको लागि आवश्यक पहल हुन अनुरोध छ ।

८) राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचनको लागि संघीय तथा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख र उप–प्रमुख ज्यूहरु लाई मात्र मताधिकार रहने वर्तमान कानूनी व्यवस्थालाई संशोधन गरी जिल्ला समन्वय समितिका प्रमुख र उप–प्रमुख ज्यूहरु लाई समेत मताधिकार उपलब्ध गराउने आवश्यक व्यवस्थाको लागि सम्मानीय पूर्वप्रधानमन्त्री ज्यू मार्फत पहल गरिदिनुहुन सादर अनुरोध छ ।

 

 


सम्बन्धित समाचार