Loading... आजः १० बैशाख २०८१, सोमबार

बालकुमारी घटनाः सुर्खेतमा आज सरकारी सवारी साधन सञ्चालनमा लगाइयो रोक

जिल्ला प्रशासन कार्यालय घेराउ गरिने


सुर्खेत ।
ललितपुरको बालकुमारीमा दैलेखको महावु गाउँपालिका वडा नंं. ६ का सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहीको प्रशासनले हत्या गरेको विरोधमा आज सुर्खेतमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

उक्त विषयलाई लिएर मृतक सुजन र वीरेन्द्रका आफन्तहरूले चरणबन्द आन्दोलनका कार्यक्रम अन्तरगत आज सोमबार जिल्लामा सरकारी गाडी चल्न नदिईने कार्यक्रम तय गरिएको हो ।

मृतकका आफन्तका अनुसार अहिले मंगलगढी चोकमा यूवाहरु जम्मा हुने र आजै जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने तयारी भएको हो ।


सम्बन्धित समाचार