Loading... आजः १९ फाल्गुन २०८०, शनिबार

कर्णाली सरकारले मृतक सुजनका परिवारलाई दुई लाख दिने


सुर्खेत । कर्णाली प्रदेश सरकारले दैलेखको महावु गाउँपालिका वडा नं. ६ निवासी सुजन रावतका आफन्तलाई दुई लाख रुपैंया राहत दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्री परिषदको वैठकले शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहत स्ुवरुप सो रकम दिने निर्णय गरेको मुख्यमन्त्री राजकुमार शर्माले जनाए ।

आज बसेको वैठकले मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय भएको छ । मुख्यमन्त्री शर्माले पहिलोप्रेससँग भने ।

यसैबीच, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री आज विहान सुर्खेत विमानस्थलमा सुजनको शवमा श्रद्धान्जली दिन पुगेका थिए ।


सम्बन्धित समाचार