Loading... आजः २३ भाद्र २०८१, आईतवार

सुर्खेत विमानस्थल अब जंगल नबन्ने, अन्ततः सुधारिन मोहनमायाले नगरकै निर्णय

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अवस्थित सुर्खेत विमानस्थल नै विस्तार हुने भएको छ ।

मंगलबार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको विमानस्थल विस्तारबारेको सर्वपक्षीय भेलाको निर्णय अनुसार आज बसेको नगर कार्यपालिकाको वैठकले प्रदेश सरकारमार्फत संघीय सरकारसँग सुर्खेत विमानस्थललाई विस्तार गर्न माग गर्ने निर्णय गरेको हो ।

मोहनमाया ढकाल नेतृत्वको नगरपालिकाले आज उक्त निर्णय गरेसँगै वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तारको ढोका नगरपालिका आफैले खोलिदिएको हो ।

विगतमा देव कुमार सुवेदी नेतृत्वको पालिका सरकारले सुर्खेत विमानस्थल विस्तार गर्न नसक्ने भनेर गरेको निर्णय आज मोहनमाया नेतृत्वको नगरले उल्ट्याएसँगै विमानस्थल विस्तारको लागि आवश्यक प्रक्रिया अघि बढेको हो ।

तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई आर्थिक वर्षमा झण्डै प्रदेश सरकारबाट विमानस्थल विस्तारकालागि दुई अर्व बढी बजेट विनियोजन गरेतापनि राजनीतिक खिचातानीका कारण उक्त बजेट फ्रिज भएको थियो ।

आज बसेको वैठकले विमानस्थल विस्तारका लागि आवश्यक बजेट, उचित मुआव्जा दिलाउन सम्वन्धित निकायलाई पत्र पठाउने र विगतको निर्णय हेरफेर गर्ने निर्णय भएको हो । नगरउपप्रमुख निलकण्ठ खनालले भने ।