नेपालगन्जबाट अब कैलाश मानसरोवरको दर्शन गर्न श्री एअरबाट सकिने
सुर्खेत ।
कर्णाली प्रदेशको हुम्ला जिल्लाबाट नजिक पर्ने चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण धार्मिक स्थल कैलाश मानसरोवरको दर्शन गर्न नेपालगन्जबाट सहज हुने भएको छ ।
ईतिहासमै पहिलोपटक नीजि क्षेत्रको विमान कम्पनी श्री एअरलाईन्सले नेपालगन्ज देखि विमान चार्टर गरेको खण्डमा सोझै कैलाश मानसरोवरको दृश्यावलोकन गराउन सुरु गरेपछि कैलाश मानसरोवर दृश्य हेर्नेहरुका लागि सुनौलो अवसर सिर्जना भएको हो ।
चीनको तिब्बत स्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि वर्षेनी हजारौं पर्यटकहरु हुम्ला भएर जाने गरेका छन् । हजारौं पर्यटकहरु हुम्ला भई जाँदा लागत बढने र समय पनि धेरै लाग्ने भएको भन्दै २७ हजार फिट माथिबाट नै पर्वतको अवलोकन गर्न मिल्ने गरि पर्यटकका लागि यो सेवा सुरु गरिएको श्री एअरलाईन्सले जनाएको छ ।
‘नेपालकै इतिहासमा यस एयरलाईन्सको सिआरआई ७००एफ९एन एएमवि विमान विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बत स्थित कैलाश पर्वत तथा मानसरोवर दर्शन का लागि पर्वतीय उडान गरिएको र विमानबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन सफलतापूर्वक सम्पन्न भयो । नेपाल भुभागबाट यसरी उडान गरिएको यो पहिलो पल्ट हो । नेपालगंजबाट नेपाली, भारतीय, विदेशी लगायत तथा धार्मिक पर्यटकहरु आर्कशित गर्न सकिने र आर्थिक गतिविधीमा समेत महत्वपूर्ण उपलव्धी हुने सक्ने यस एयरलाईन्सको विश्वास छ’, श्री एअरका प्रवन्धक अनिल मानन्धरद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘श्री एयरलाईन्स, टेम्पल ट्रिप ग्रुप भारत, सिद्धार्थ हस्पिटिलिटि ग्रुप नेपालगन्ज र पथिल होलिडेयज काठमाडौंको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७,००० फिट उचाईबाट गरिएको हो ।’
विज्ञप्ती अनुसार उक्त उडान क्यायाप्टेन प्रफुल्ल बैद्य तथा क्या राजेश श्रेष्ठ को नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो । ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गरिने उल्लेख गरिएको छ ।
साथै नेपालगंजबाट कैलाश तथा मानसरोबर दर्शन गराउदै काठमाण्डौ ल्याई पशुपति समेत दर्शन गराउने योजना रहेको प्रवन्धक मानन्धरले जानकारी दिए । तर यसका लागि भने यात्रुले नेपालगन्ज देखि काठमाडौंको अलग भाडा तिर्नुपर्ने उनको भनाई थियो ।
अब कैलाश मानसरोवर दर्शन गर्न चाहने पर्यटकले नेपालगन्जबाट जहलिेपनि जहाज वुक गर्न पाउने भएका छन् । यदि ३५ जनाको समूह भएको खण्डमा सामान्य भाडा नौ लाख तिर्नुपर्ने छ भने २५ जनाको हकमा साढे ६ लाख रुपैंया लाग्ने भएको हो ।
पहिलोप्रेस
१५ माघ २०८०, सोमबार १४:४४