Loading... आजः १४ जेष्ठ २०८१, सोमबार

निर्वतमान मुख्यमन्त्री शर्माले छोडे निवास


सुर्खेत ।
विगतमा लामो समयसम्म सरकारी आवास नछाडने परिपाटीको विपरित नयाँ मुख्यमन्त्रीले शपथ खाएकै दिन निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले सरकारी निवास छोडेका छन् ।

मुख्यमन्त्रीमा एमाले नेता यामलाल कंडेल नियुक्त भई शपथ खाएसँगै आजै निर्वतमान मुख्यमन्त्री शर्माले वीरेन्द्रनगर ७ इत्राम स्थित मुख्यमन्त्री निवास छोडेका हुन ।

शपथ ग्रहण समारोहमा सहभागि बनेका निवर्तमान मुख्यमन्त्री शर्मा पैदल यात्रा गर्दै कालिन्चोक स्थित डेरामा सरेका हुन ।


सम्बन्धित समाचार