नयाँ बर्ष उपलब्धी र समृद्धिको ऐतिहासिक वर्षको रुपमा स्थापित हुने मुख्यमन्त्री कडेलको विश्वास
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले नयाँ बर्ष उपलब्धी र समृद्धिको ऐतिहासिक वर्षको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन ।
नयाँ बर्ष २०८१ को अबसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कडेलले त्यस्तो बिस्वास ब्यक्त गरेका हुन ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,
“विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष वि.सं. २०८१ प्रारम्भ भएको अवसरमा सम्पूणर् नेपाली दिदिबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवम् समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
उनले थपेका छन, “नयाँ वर्षको प्रारम्भसंगै नयाँ जोश, जाँगर, उमङ्ग र उत्साहका साथ आ-आफ्नो कर्मक्षेत्रमा जुट्नेछौँ भन्ने विश्वास व्यक्त गर्दछु । यस सुखद अवसरमा विगतका तितामिठा अनुभवबाट शिक्षा लिई सुखद भविष्यका लागी हामी सबैलाई असल र सही गन्तव्य पहिल्याउन प्रेरणा मिलोस् भन्ने कामना गर्न चाहान्छु ।”
उनले सात दशक लामो नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको क्रममा रहेको बताएका छन ।
“संघीयताको मूल मर्म अनुसार अझै पनि प्रादेशिक संरचना तथा यस अन्र्तगत आवश्यक नीतिगत र कानूनी प्रावधानहरुको धेरै अभावहरु देखिएका छन । कानूनी र नीतिगत प्रबन्धबिना प्रदेश संरचना अधिकार सम्पन्न र थप बलियो हुन सक्दैन । नयाँ वर्षको सुरुवातसंगै प्रादेशिक संरचनाका लागी आवश्यक पर्ने संविधान प्रदत अधिकारमा महशुस हुने गरि कार्यको थालनी हुने मैले अपेक्षा लिएको छु ।” उनले थपेका छन,”प्राकृतिक साधन र श्रोतले सम्पन्न भएर पनि हामी कर्णालीबासी विकास, समृद्धि र सुशासनका दृष्टिले पछाडी छौं । अब हामीले हाम्रा असंख्य संभावनाहरुलाई अवसरमा बदल्नु पर्नेछ । प्रदेशको प्रतिष्ठा अभिवृद्धि गरी कर्णालीवासीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु प्रदेश सरकारको सर्वोपरि लक्ष्य हो । यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबैबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूणर् भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्ष उपलब्धी र समृद्धिको ऐतिहासिक वर्षको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेको छु । पुनः सबैमा नयाँ वर्षको हार्दिक शुभकामना ।”
पहिलोप्रेस
१ बैशाख २०८१, शनिबार १४:५३