माओवादीबाट परियार मन्त्रीमा सिफारिस, मुख्यमन्त्रीलाई विश्वासको मत दिने
सुर्खेत ।
नेकपा माओवादी कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा यामलाल कंडेल नियुक्त भएको दुई साता पछि एक जना मन्त्री पठाएर सरकारमा सहभागिता जनाउने भएको छ ।
नेकपा माओवादीका सांसद एवम पूर्व मन्त्री कृष्ण जिसीका अनुसार दलको वैठकले हुम्लाबाट निर्वाचित रणसिंह परियारलाई मन्त्रीको रुपमा पठाउने सर्वसम्मत निर्णय गरेको हो ।
यस्तै, वैठकले मुख्यमन्त्री कंडेललाई विश्वासको मत दिने निर्णय समेत गरेको छ ।
पहिलोप्रेस
१२ बैशाख २०८१, बुधबार ०८:५०