कर्णालीमा नीति तथा कार्यक्रम ल्याउने तयारी सुरु
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जेठ चार गते सर्वदलीय वैठक बोलाएका छन् ।
आगामी असार १ गते प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट ल्याउने, त्यो भन्दा पन्ध्र दिन अघि प्रिवजेट छलफल र नीति तथा कार्यक्रम ल्याउने कानूनी व्यवस्था अनुसार सबै दलको अपनत्वका लागि सर्वदलीय वैठक बोलाएका हुन ।
कर्णालीको समग्र विकास र समृद्विमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने योजना मुख्यमन्त्री कंडेलको छ ।
‘समृद्वि र विकास सबैको साझा सरोकारको बिषय हो, एक्ला एक्लै हिडनु भन्दा सबै राजनीतिक दलहरूबीचको साझा सहमति खोज्ने उदेश्यले सर्वदलिय बैठकको आयोजना गरिएको हो ।’ मुख्यमन्त्री कंडेलले भने, ‘वैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ ।’
प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।
पहिलोप्रेस
२९ बैशाख २०८१, शनिबार ११:२५