Loading... आजः ३ पुष २०८१, बुधबार

काँक्रेविहार म्याराथुनमा कर्णालीका पत्रकार–पत्रकारबीच दौड हुने

पत्रकारलाई आयोजकले तीन किलोमिटरमा प्रतिस्पर्धा गराउने

सुर्खेत ।
विश्व ओलम्पिक दिवसको अवसर पारेर असार सात गते आयोजना गर्न लागिएको हाफ म्याराथुनमा कर्णालीका पत्रकारलाई अलग्गै दौडाउने तयारी आयोजकले गरेको छ ।

सधैं कलम दौडाउँदै आएका पत्रकारका लागि भौतिक रुपमा दौडाएर स्वस्थताको सन्देश दिने भन्दै तीन किलोमिटरको दुरि कायम गरि पत्रकार पत्रकार विच प्रतिस्पर्धा गराउन लागिएको कर्णाली खेलकुद परिषदका उपाध्यक्ष एवम म्याराथुन प्रतियोगिताका संयोजक प्रमोद हमालले पहिलोप्रेसलाई जानकारी दिए ।

मध्यपश्चिम फिटनेश सेन्टर मुख्य आयोजक रहेको उक्त हाफ म्याराथुन प्रतियोगिताको मुख्य नारा स्वास्थ्यका लागि खेलकुद, पर्यटनका लागि खेलकुद भन्ने तय गरिएको छ ।

काँक्रेविहार हाफ म्याराथुनको दोश्रो संस्करणमा पत्रकारलाई अलग्गै सहभागि गराउनुको कारणबारे बताउँदै संयोजक हमालले पत्रकार स्वस्थ भएको खण्डमा समाजलाई स्वस्थ बनाउन सकिने बताए ।

‘उहाँहरु सँधै देश, समाजलाई स्वस्थ बनाउने अभियानमा हुनुहुन्छ ।’ उनले भने, ‘अब उहाँहरुलाई पनि स्वस्थ बनाउने अभियानमा सहभागि गरौं भनेर यो निर्णय गरेका हौं ।’


सम्बन्धित समाचार