Loading... आजः ४ पुष २०८१, बिहीबार

मुख्यमन्त्रीले मिलापत्र गरेको भोलिपल्टै आठबीसका मेयर उपमेयरको पुनः झगडा

लेखापालको काज फिर्ता नगर्न उपमेयर थापाको सांसद थापालाई फोन

सुर्खेत ।
दैलेखको आठबीस नगरपालिकाका नगरप्रमूख तर्कबहादुर बडुवाल र उपप्रमूख कल्पना थापाको पुनः झगडा सुरु भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम नेकपा एमाले दैलेख इन्चार्जसमेत रहेका स्थायी कमिटि सदस्य यामलाल कंडेलको रोहवरमा विहीबार मिलापत्र भएपनि शुक्रबार पुनः दुई बीच झगडा भएको हो ।

‘एमालेको सुर्खेत स्थित पार्टी कार्यालयमा संविधानले दिएका आफ्ना अधिकार कार्यान्वयन गर्ने र अरुका अधिकार हनन नगर्ने सहमति भएको थियो ।

” प्रमूख प्रशासकीय अधिकृत देवराज तिमिल्सेना नियुत्तिःका लागि उपमेयर थापाले मन्त्रालयमा सिफारिस गरेको र मेयर चढने गाडीको चावी कब्जा गरेको विषयमा उपमेयरले माफी मागेकी थिईन ।”

नगरपालिका स्रोत पहिलोप्रेससँग भन्छ, ‘विहीबार साँझ काजमा खटिएका लेखापाल लोकबहादुर बुढाले नगरप्रमूखलाई गाली गरेका थिए । गाली गरेको भन्दै मेयरले काज फिर्ताका लागि मन्त्रालयमा पत्र पठाएका थिए ।’

स्रोतका अनुसार उपमेयर कल्पना थापाले आफूलाई नसोधी काज फिर्ताको पत्र पठाएको भन्दै नेकपा एकीकृत समाजवादीका नेता एवम प्रतिनिधि सभा सदस्य अम्मरबहादुर थापालाई काज फिर्ता नगर्न भन्दै फोनमार्फत अनुरोध गरेकी छिन् ।

मुख्यमन्त्री कंडेलकै सामु मेयर उपमेयरले झगडा नगर्ने भनेर सहमति गरेपनि भोलीपल्टै उनिहरुबीच झगडा सुरु भएको छ ।

मुख्यमन्त्री कंडेलसामू भएको सहमति अनुसार वडाअध्यक्षको काममा मेयर उपमेयर दुवैले हस्तक्षेप नगर्ने, स्थानीय पार्टी संयन्त्रको सुझाव र सल्लाह अनुसार नगरप्रमुख अघि बढने लगायतका विषय थिए ।

 


सम्बन्धित समाचार