कर्णाली सरकारले गत वर्षभन्दा घटायाे बजेट, कुल बजेट ३१ अर्ब बढी
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ कालागि बजेट घटाएर ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसिले आज कर्णाली प्रदेश सभामा उक्त्र बजेट घोषणा गरेका हुन ।
उनका अनुसार कुल बजेट ३१ अर्ब ४१ करोड ४१ हजार रहेको छ ।
त्यसमध्ये चालु तर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत बजेट विनियोजन गरिएको हो ।
पुंजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ६९.७ प्रतिशत बजेट सरकारले विनियोजन गरेको हो ।
यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार बजेट विनियोजन गरेको मन्त्री केसिले बताए ।
यस्तै आगामी आर्थिक वर्षका लागि राजश्व संकलनको लक्ष्य ८३ करोड ४४ लाख ६५ हजार राखिएको अर्थमन्त्री केसिले जानकारी दिए ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको थियो ।
कुन मन्त्रालयलाइ कति बजेट ?
उनले भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड विनियोजन गरिएको बताए । यस्तै सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड विनियोजन गरिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ ।
कानुन मन्त्रालयलाई आगामी वर्षका लागि २९ करोड ६४ लाख विनियोजन गरिएको छ । भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको छ
पहिलोप्रेस
१ असार २०८१, शनिबार १७:०३