Loading... आजः ४ बैशाख २०८२, बिहीबार

कृषि र पशु बीमामा किसानलाई आकर्षित गर्न मन्त्री शाहको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले कृषि र पशु बीमामा किसानलाई आकर्षित गर्न जरुरी रहेको बताएका छन् ।

मन्त्रालयमातहत दश ओटा जिल्लामा २० ओटा जिल्ला कार्यालय रहेको बताउँदै हरेक कार्यालयले किसानलाई बीमामा किन जोडन नसकेको ? यसबारेमा गम्भीर समीक्षा गरेर अघि बढन आवश्यक भएको बताए ।

उनले किसानलाई आकर्षित गर्ने खालका योजना ल्याएर हरेक किसानसँग जोडिनुपर्नेमा जोड दिए ।

उनले बीमामा किसानलाई कसरी जोडन सकिन्छ र त्यसकालागि कस्तो नीति, कानून निर्माण गर्न जरुरी छ, मन्त्रालय तयार भएको बताए ।

कृषि तथा पशुपन्छी बीमा सम्वन्धी नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी र अन्य सरोकारवालाहरुसँग आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले अरुभन्दा तुलनात्मक रुपमा बढी सेवा दिन पशुपन्छी तालिम केन्द्रलाई निर्देशन दिए ।

‘मासुमा हामी आत्मनिर्भर छौं तर दुधमा आत्मनिर्भर छैनौं । आज किसान कृषि क्षेत्रबाट बाहिरिदैं छ जबकी विकास गर्नुपर्ने नै कृषि क्षेत्रको हो । सबैले कृषि क्षेत्रमा प्राथमिकता दिएको तर विकास विकास भएको छैन ।’ कर्णालीका सत्तरी प्रतिशत नागरिकलाई खान पुग्दैन । जो जहाँ छ, जोश र जाँगरका साथ प्रस्तुत भएर यो समस्याको समाधान गर्न आवश्यक छ ।’ उनले भने, ‘हामी तरकारी खेति गरेकै छौं तर हरेक दिन भारतीय तरकारीका ट्रक लाईन लागेर सुर्खेत ल्याईन्छ । यसलाई सुधार गर्न आवश्यक छ ।’

कृषि प्रधान देशमा उनले खेतबारी बाँझा राखेर कृषिको विकास हुन नसक्ने भन्दै त्यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाई छ । किसानहरु पनि यो कार्यक्रममा रहेको बताउँदै किसानले यस्ता कार्यक्रममा आफ्ना अनुभव, समस्या सुनाउन आवश्यक रहेको बताए ।

‘मानवको उपचार गर्ने डाक्टरलाई हेर्ने नजर र कृषि तथा पशु चिकित्सा क्षेत्रमा कार्यरत कर्मचारीलाई हेर्ने दृष्टिकोण हेर्नुस त कति फरक छ, यो सुधार गर्न आवश्यक छ । यो क्षेत्र पनि सम्मानजनक क्षेत्र हो भनेर बुझाउन जरुरी छ ।’ उनले भने ।

कृषि क्षेत्रमा तालिम दिएर किसानलाई क्षमतावान नबनाए के अर्थ भन्दै उनले तालिमको प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

मन्त्रालयका निमित्त सचिव राजु भूजले बीमामा सोचे जस्तो प्रगति नभएको बताए ।
उनले अनुदानमा वितरण भएका पशु तथा अन्नवालीमा अनिवार्य बीमा गर्ने कार्यविधि निर्माण गरि लागु गरिएको बताए ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला डा. राकेश प्रजापतिले कृषकहरुको पशुधनलाई सुरक्षा गर्न सबै लाग्नुपर्ने बताए । उनले पशुपन्छीलाई नीतिगत रुपमा जीवन बीमामा राख्नुपर्ने सुझाव दिए ।

बीमांक रकम कम राख्न आवश्यक भएको बताए । उनले गाउँमा कतिमा बेचविखन भइरहेको छ, त्यसको अध्ययन गरेर मात्रै पशु बीमा गर्न आवश्यक रहेको बताए । त्यसो गर्न सकेको खण्डमा मात्रै किसानले बीमा गर्ने क्रम बढने उनको सुझाव छ ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले किसानले पशुको मृत्यू भएमा टेलिफोन गरेर बीमा कम्पनीको जानकारी गराउनुपर्ने, क्षति यकिन गर्ने काम अभिकर्ताको भएको बताए । बीमितले सुरुमा बीस प्रतिशत तिरे अरु कुनैपनि शुल्क तिननपर्ने उनको भनाई थियो ।

उनले वीमा अभिकर्ताको सम्वन्धित कम्पनीले दुर्घटना बीमा गर्न सुझाव दिए ।

उनले प्राधिकरण पालिका स्तरमै पुग्ने तयारीमा रहेको बताए । उनले बीमा भुक्तानी नभएको खण्डमा प्राधिकरणमा उजुरी दिन कृषकलाई अनुरोध गरे । उजुरी परेको खण्डमा आफूहरुले समस्या समाधान गर्ने दावी समेत गरे ।

कृषि विकास निर्देशनालयका अधिकृत तिलक पाण्डेले पशुबीमामा भन्दा कृषि जन्य क्षेत्रमा किसानहरुले वालीजन्य बीमा क्षेत्रमा खासै रुचि नदेखाएको स्वीकार गरे । उनले कृषिजन्य बीमा गर्न सबै सरोकारवालासँग आवश्यक सहकार्य गरेर जान तयार रहेको बताए ।
पशुपन्छी निर्देशनालयका निमित्त उपनिर्देशक कृष्ण पंगेनीले किसान देखि लिएर सबैको सहकार्य हुन आवश्यक रहेको बताए ।


सम्बन्धित समाचार