सांसद विजयाले तानिन अर्थमन्त्री केसिकाे हात, सदनमा काँग्रेसको अमर्यादित हर्कत
सुर्खेत । कर्णाली प्रदेश सभाको आइतबार साँझ बसेको कर्णाली प्रदेश सभाको वैठकमा काँग्रेस सांसद विजया बुढाले आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसिको हात तानेकी छिन् ।
सभामुख नन्दा गुरुङले आर्थिक वर्ष २०८१/०८२ का लागि सदनमा पेश भएको वार्षिक बजेटको सैद्धान्तिक छलफलमा उठेका विषयहरुको जवाफ दिन आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीलाई समय दिएसँगै रोष्ट्रममा जवाफ दिन जान थालेका मन्त्री केसिको हात तानेर उनलाई बोल्नबाट रोक्न खोजेकी थिईन ।
लामो समय देखि विरामी रहेका मन्त्री केसिमाथि काँग्रेससांसदहरुले सदनमा नै घिनौनो हर्कत गरेपछि पहिलोपटक कर्णालीको प्रदेश सभाको वैठकमा प्रमूख प्रतिपक्षी दल काँग्रेसका सांसदहरुले आफ्नो मर्यादा उल्लंघन गरेका हुन ।
आफूलाई लोकतान्त्रिक दलको खम्बाको रुपमा प्रशंसा गर्दै आएको काँग्रेसले नै लोकतन्त्रमा बोल्न पाईने, विरोध गर्न पाईने आधारभूत मान्यताको खिल्ली उडाएको हो ।
विगत लामो समयदेखि सदनमा काँग्रेसले एक पालिका एक विद्यालयका लागि बजेट विनियोजन गर्नुपर्ने, एक जिल्ला एक नमूना डिजीटल विद्यालय बजेटमा समावेश गर्नुपर्ने, बजेट सन्तुलित हुनुपर्ने, सर्शत, समपुरक, विशेष अनुदानमा छुटेका पालिकालाई समावेश गर्नुपर्ने, १५ लाख भन्दा तलका योजना कार्यान्वयन नगर्ने, ३० लाख भन्दा माथिका सबै योजनाको ठेक्का आव्हान गर्नुपर्ने भन्दै असार पाँच गतेदेखि निरन्तर सदन अवरुद्ध गर्दै आइरहेको थियो ।
तर आइतबार लामो समयसम्म बसेको छलफल विना निष्कर्ष टुंगिएपछि सभामुख गुरुङले सदन सुचारु गरेकी थिईन ।
सदन सुचारु भइसकेपछि काँग्रेस सांसदहरु उभिएर पुनः सदन अवरुद्ध गर्न खोजेका थिए । सभामुखले एक जना सांसदलाई बोल्न समय दिएपछि काँग्रेस सांसद एवम पूर्व आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आफूहरुको माग सम्वोधन नगरी सदन अघि बढन नसक्ने भन्दै मन्तब्य दिएका थिए ।
यता, नेकपा एमालेका प्रमूख सचेतक टेकराज पछाईले आइतबार साँझ काँग्रेसले गरेको उक्त क्रियाकलाप मर्यादाविपरित भएको प्रतिक्रिया दिए ।
‘आइतबारको वैठकमा उहाँहरुले गर्नुभएको उक्त व्यवहार अलोकतान्त्रिक, अमर्यादित र दुःखद हो । काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले जनताका आवाज सुन्ने र सुनाउने थलोलाई लामो समयसम्म बन्धक बनाउने कुरा राम्रो होईन ।’ पहिलोप्रेससँग प्रतिक्रिया दिदैं उनले भने, ‘नीति तथा कार्यक्रममा नभएका कुरा बजेटमा समावेश गर्नुस भनेर सदन अवरुद्ध गर्नु गलत हो । नीति तथा कार्यक्रम र बजेट सरकारले ल्याउने हो, त्यसमाथि उहाँहरुले असहमति राख्न पाउनुहुन्छ तर हात हालाहाल नै गर्न उहाँहरुले पाउनु हुन्न ।’
उनले बारम्बार छलफल, सल्लाह, सहमतिका प्रयास गरिएको भएपनि काँग्रेसले सहमतिको विन्दुमा आउन नसकेको बताए ।
आगामी दिनमा सदन निरन्तर चलाउँदै जाने र काँग्रेससहितका विपक्षीदलहरुसँग वार्ता, छलफल र सहमतिको प्रयास जारी रहने बताउँदै बजेट सदनबाटै पारीत गर्ने बताए ।
यता, नेपाली काँग्रेसका प्रमूख सचेतक हिक्मत विष्ले भने आफूहरुको योजना वेल घेराउ गर्ने र अर्थमन्त्रीलाई रोष्ट्रममा जानबाट रोक्ने रहेको दावी गरे ।
‘हिजो जुन अवस्था आयो त्यो सरकारका तर्फबाट भएको जर्वजस्तीको परिणाम हो । सदनमा त्यस्तो अवस्था आउनुमा सरकारकै कमजोरी हो ।’ उनले भने, ‘हामीले हातै हाल्ने योजना बनाएका थिएनौं तर त्यहाँ एक्कासी त्यो वातावरण बनेको हो, त्यो दुःखद हो । सदनमा त्यस्तो हुनु किमार्थ राम्रो होइन ।’
उनले बजेट पास नभईसकेको अवस्थामा मिलाउन सकिने अवस्था रहेको बताउँदै सरकारले आफूहरुका मागहरुलाई सम्वोधन गर्नैपर्ने अडान दोहो¥याए ।
‘हाम्रा मागहरु सरकारले सुन्नपर्छ तर सरकार भने हामीबाट भाग्न खोजिरहेको छ । चालु आर्थिक वर्षमा पन्ध्र लाख भन्दा मुनिका योजना कार्यान्वयन नगर्ने भनेर हामीले अनुसूचीमा राखेका थियौं, यो वर्ष अनूसूचिमा राखेर सहमति गर्न सरकार तयार हुनुपर्छ भन्ने मान्यता हाम्रो हो ।’
सरकारले आगामी आर्थिक वर्षको बजेटमा हाम्रा मागहरुलाई समेटनै पर्ने बताउँदै प्रमूख सचेतक विष्टले आगमी वर्षमा पुराना कार्यक्रमलाई निरन्तरता दिने, वा छुटेका पालिकामा विद्यालय भवन निर्माणका योजना समेटने सहमति भएको खण्डमा सदन अवरुद्ध खुल्न सक्ने सम्भावना भएको बताए ।
यद्यपी आफूहरु सदनमा भीडन्त गर्ने पक्षमा नरहेको बताउँदै सरकारसँग वार्ता र छलफल गरिरहने बताए ।
पहिलोप्रेस
१७ असार २०८१, सोमबार ०९:३४