Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली प्रदेश सभा आज सुचारु हुने सम्भावना, तीस लाख माथिका योजनामा अनिवार्य टेण्डर

सुर्खेत । कर्णाली प्रदेश सभा आज देखि सुचारु हुने सम्भावना बढेको छ । असार पाँच गतेदेखि निरन्तर रुपमा सदन अवरुद्ध गर्दै आएको नेपाली काँग्रेससँग सत्तारुढ दल एमाले र माओवादीले लचकता देखाएपछि आज सदन चल्न दिने लक्षण काँग्रेसले देखाएको हो ।

काँग्रेसको माग अनुसार सरकारले अब तीस लाख भन्दा माथिका सबै आयोजनाको टेण्डर गर्नेछ भने एक प्रदेश सभा एक नमूना विद्यालय र एक पालिका एक विद्यालयका लागि डल्लो बजेटबाट माग सम्वोधन गर्नेछ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयबाट अन्तरपालिका वित्तीय हस्तान्तरण भएको बजेट बाहेक अन्य मन्त्रालयले तीस लाख भन्दा माथिका आयोजनामा अनिवार्य टेण्डर गर्ने राजनीतिक रुपमा सहमति जुटन लागेको स्रोतले पहिलो प्रेसलाई बतायो ।

आज सदनमा प्रतिनिधित्व गर्ने दलहरुबीच उक्त सहमति भएको खण्डमा सदनमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।


सम्बन्धित समाचार