Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीका तीन सय युवालाई आत्मनिर्भर कृषक बनाउन सहयोग गर्दै कृषि मन्त्रालय

प्रागांरिक मल बनाउन कृषि पाठशाला सञ्चालन गर्ने
योजना तथा अनुगमन महाशाखा प्रमुख राजु भुज ।

सुर्खेत ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्णालीका दश जिल्लाका तीन सय कृषकलाई आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा रोजगार प्रदान गर्ने भएको छ ।

मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमूख राजु भुजका अनुसार आगामी आर्थिक वर्षको बजेटमा युवा लक्षित कार्यक्रम अन्र्तगत तीन करोड बढी बजेट विनियोजन गरि युवालाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने र रोजगारी सिर्जना गर्ने तयारी गरेको हो ।
कृषि तथा पशुपन्छी व्यवसाय गर्दै आइरहेका युवाहरुलाई उनिहरुको योजना अनुसार कम्तिमा एक लाख रुपैंया अनुदान दिने गरि यो कार्यक्रम ल्याइएको उनको भनाई छ ।
“उहाँहरुले कृषि तथा पशुपालन क्षेत्रमा काम गर्दै आइरहेको हुनुपर्नेछ । त्यस्तो भएको खण्डमा हामीले अनुगमन गरेर उहाँहरुको व्यवसाय प्रर्वद्धन गर्न र उहाँहरुलाई उक्त पेशामा निरन्तर लागिरहन प्रोत्साहन दिने योजना मन्त्रालयको छ ।” महाशाखा प्रमूख भुजले पहिलोप्रेससँग भने, “यदि कुनै युवाले जग्गा भाडामा लिइसकेको र खेति तथा पशुपालन सुरु गरिसकेको अवस्था छ भनेपनि उहाँको योजना अनुसार हामीले अनुगमन गरेर उहाँलाई आर्थिक रुपमा कम्तीमा एक लाख रुपैंया प्रदान गर्छौं र निःशुल्क प्राविधिक सेवा उपलब्ध गराउँछौं ।”
उनका अनुसार पहिलोपटक कर्णालीमा प्रागांरिक मल बनाउन किसानलाई सिकाउने उदेश्यका साथ कृषक पाठशाला सुरु गर्न लागिएको बताए ।
यो कार्यक्रममा २० लाख बढी बजेट विनियोजन गरिएको छ भने एक जिल्लामा कम्तिमा पनि चार ओटा पाठशाला सञ्चालन गरिने भएको छ । यसका लागि प्रति पाठशाला ५० हजार रुपैंया बजेट विनियोजन गरिएको हो ।
एक समुहमा २५ जना कृषकहरुलाई कम्पोस्ट मल बनाउने तरिका सिकाउने देखि मल तयार गर्ने सम्मका चार ओटा चरणका बारेमा प्राविधिकले टोलमै गएर कृषकलाई सिकाउने छन भने यसबाट कर्णालीलाई अर्गानिक प्रदेश बनाउन मदत मिल्ने मन्त्रालयले अपेक्षा गरेको उनको भनाई छ ।
यस्तै मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशमा पशुहरुका लागि रेफरल अस्पताल बनाउने गरि बजेट विनियोजन गरेको महाशाखा प्रमूख भुजले जानकारी दिए ।
उनका अनुसार आगामी वर्ष रेफरल अस्पताल भवन निर्माणका लागि बजेट बिनियोजन भएको छ । यो अस्पताल निर्माणका लागि १३ करोड बजेट लागत अनुमान छ ।
यस्तै, मन्त्रालयले ल्याएको बजेटमा तरल नाइट्रोजन प्लान्ट स्थापना गर्ने  भएको छ । यो प्लान्ट स्थापना भएको खण्डमा पशुहरुमा कृतिम गर्भाधानको लागि वीर्य भण्डारण गर्न सहज हुनेछ ।  यसबाट कर्णालीका पशुहरुमा नश्ल सुधार हुने र त्यसबाट कर्णालीका किसानहरुको आयमा वृद्धि हुने अपेक्षा गरेको उनले बताए ।
मन्त्रालयले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८६ करोड ७२ लाख १६ हजार बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले व्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ भने उत्पादन क्षेत्र विशेष कार्यक्रमहरु, रोड करिडोर कार्यक्रम, विपन्न लक्षित विशेष कार्यक्रम, साना सिंचाईका कार्यक्रम, खोप अभियानका कार्यक्रमहरु बजेटमा समावेश गरेको छ ।


सम्बन्धित समाचार