Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीका मुख्यमन्त्री कंडेल अल्पमतमा


सुर्खेत । नेकपा एमालेबाट नेकपा माओवादीको सर्मथनमा मुख्यमन्त्री बनेका एमाले स्थायी कमिटी सदस्य यामलाल कंडेल सरकार अल्पमतमा परेको छ ।

नेकपा माओवादीले कंडेल नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि कंडेल स्पष्ट अल्पमतमा परेका हुन ।
माओवादी संसदीय दलका नेता राजकुमार शर्माको नेतृतवमा गएको टोलीले कर्णाली प्रदेश प्रमूख तिलक परियारलाई आज पत्र बुझाएर मुख्यमन्त्री कंडेललाई दिएको सर्मथन फिर्ता लिएका हुन ।

कर्णालीमा केन्द्रीय गठबन्धन अनुसारकाँग्रेस र एमालेको सरकार कर्णालीमा बन्ने भएपनि हाल काँग्रेस प्रमूख प्रतिपक्षीमै रहेको र सरकारमा सहभागि नभएका कारण उनि अल्पमतमा परेका हुन ।

प्रदेश सभामा अब सत्तापक्षमा एमालेका नौ जना सांसद मात्रै रहेका छन् । काँग्रेसका १४, माओवादीका १३ सांसद, राप्रपा र नेकपा एसका एक एक जना गरि २९ जना सांसद प्रतिपक्षमा रहेका छन् ।

 


सम्बन्धित समाचार