Loading... आजः २४ भाद्र २०८१, सोमबार

काँग्रेस मन्त्रीले शुक्रबार शपथ खान नपाउनु दशौं खेलकुद प्रतियोगिता बन्यो मुख्य कारण

सुर्खेत । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा शुक्रबार नेपाली काँग्रेसले चार जनालाई मन्त्रीमा सिफारिस गरेतापनि उनिहरुले शपथ खान भने पाएनन् ।

विहान ११ बजे नै काँग्रेसका प्रमूख सचेतक हिक्मत विष्टले सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा उर्जा मन्त्रालयमा विजया बुढालाई मन्त्री नियुक्त गर्न मुख्यमन्त्री कंडेललाई सिफारिस गरेका थिए ।

गठबन्धनको सरकार बनाउनुको विकल्प नभएको कर्णालीमा हाल अल्पमतमा परेका मुख्यमन्त्री कंडेलले भने चार जना मन्त्रीलाई शुक्रबार शपथ ग्रहण गराउनै चाहेनन् ।

दिनभर काँग्रेसबाट सिफारिस भएका मन्त्रीहरु दौरा सुरुवाल र कोटमा सुसज्जित भएर हाई काड्दै बसिरहेका थिए । उनिहरु प्रदेश प्रमूखको कार्यालय वा मुख्यमन्त्री कार्यालयबाट कतिबेला खबर आउँछ भनेर दिनभरि नै कुरि बसे ।

सामाजिक सञ्जालमा बधाई खाइसकेका मन्त्रीमा सिफारिस भएका चारै जना शपथ ग्रहण नभएपछि साँझ आफ्नै कोठामा फिर्ता भए ।

स्रोतका अनुसार मुख्यमन्त्री कंडेलले काँग्रेससँग दुई ओटा विषयमा छलफल गरेर मात्रै शपथ ग्रहण गराउने तयारी गरेका थिए ।

पहिलो विषय थियो सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुदलाई झिकेर मुख्यमन्त्री कंडेलले आफैं सम्हालेको आन्तरिक मामिला तथा योजना मन्त्रालयमा गाभ्ने ।

मुख्यमन्त्री कंडेलले यस्तो चाहना राख्नुका पछाडि दुई ओटा कारण छन् । पहिलो कारण कर्णालीमा यहि वर्ष दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । त्यसको मूलधारमा मुख्यमन्त्री कंडेल बन्न चाहन्छन भने दोश्रो कारण कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र सञ्जेलको यहि वर्षको अन्तिममा कार्यकाल सकिँदैछ ।

उनको कार्यकाल सकिएपछि मुख्यमन्त्री कंडेल आफू निकटको सदस्य सचिव नियुक्त गर्न चाहन्छन् ।

दोश्रो विषय हो सामाजिक विकास मन्त्रालय वा आर्थिक मामिला तथा योजना मन्त्रालय एमालेसँग राख्ने । त्यो सहमति गर्न खोजेका मुख्यमन्त्री कंडेलले दिउसोँ एक बजे प्रमूख सचेतक विष्टलाई छलफलका लागि बोलाएका थिए ।
यहि विषयमा मुख्यमन्त्री कंडेलले छलफल गर्ने सुईको पाएपछि विष्ट मुख्यमन्त्रीले बोलाएको छलफलमा सहभागि भएनन् । उनले आफ्नो काम भनेको मन्त्री सिफारिस गर्ने भएको र उहाँहरुलाई आज शपथ गराएर मात्रै छलफल अघि बढाउन आग्रह गरे तर उनको त्यो आग्रह विपरित मुख्यमन्त्री कंडेलले उनलाई आउन भनेपछि विष्टले दलका नेता जीवनबहादुर शाही र पार्टी उपसभापति पुर्णबहादुर खड्कासँग कुराकानी गर्न अनुरोध गरे ।

त्यसपछि मुख्यमन्त्री कंडेलले उनिहरुसँग कुराकानी गर्ने भन्दै फोन राखेका थिए ।