मुख्यमन्त्री कंडेलले २१ साउनमा विश्वासको मत लिने, भोली दिउसो मन्त्रीको शपथ
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले कर्णाली प्रदेश सभाबाट दोश्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् ।
उनले आज प्रदेश सभामा साउन २१ गते दिउसो तीन बजे विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गरेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले पहिलोप्रेसलाई बताए ।
यसैबीच, नेपाली काँग्रेसले सिफारिस गरेका चार जना मन्त्रीलाई आइतबार तीन बजे भित्रै शपथग्रहण गराउने तयारी भएको नेकपा एमालेका प्रमूख सचेतक टेकराज पछाईले जानकारी दिए ।
भोली दिउसो तीन बजे भित्रै नयाँ मन्त्रीहरुको शपथग्रहण सम्पन्न हुनेछ । सोमबार बस्ने प्रदेश सभाको वैठकमा मुख्यमन्त्री कंडेल ज्यूले विश्वासको मत लिनुहुनेछ, उनले भने ।
पहिलोप्रेस
१९ श्रावण २०८१, शनिबार १४:३८