Loading... आजः २२ आश्विन २०८१, मंगलवार

वातावरण र सामाजिक सुरक्षण सम्वन्धमा कार्य गर्दै यूएसएआईडी

सुर्खेत । वातावरण र सामाजिक सुरक्षण सम्वन्धमा स्थानीयलाई सूचना र जानकारीमूलक तालिम यूएसएआइडीले सम्पन्न गरेको छ ।

यूएसएआइडीले सञ्चालन गरेको जल, जंगल कार्यक्रमद्वारा दैलेख जिल्लाको गुराँस र भैरवी गाउँपालिकाका ४०५ जना स्थानीय सरोकारवालालाई भदौ २३ देखि असोज सात गतेसम्म वातावरण र सामाजिक सुरक्षण तालिम सोमवार सम्पन्न भएको छ ।

कार्यक्रमका सहजकर्ता एवम कार्यक्रम संयोजक धर्मराज महताराका अनुसार स्थानीय विकास आयोजनाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न दिगो विकासका लागि र वातावरणीय र सामाजिक सुरक्षण अन्तरगत समुदायको समावेशी संलग्नता, जोखिम व्यवस्थापन र व्यवसायिक सुरक्षाकोबारेमा प्रशिक्षण दिइएको थियो ।
वातावरण अधिकारकर्मी तथा नेपाल वातावरण समाज कर्णाली प्रदेश संयोजक खगेन्द्र रावलले बिद्यमान कानूनहरुको अनुपालन र लघु उद्योग तथा स्थानीय आयोजनामा समेत बातावरणीय व्यवस्थापन योजना बनाईं कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रम अवधिमा स्थानीय सरोकारवालाहरुको सक्रिय सहभागिता एंव अन्तरक्रिया गराइएको संयोजक महताराले बताए ।

उनका अनुसार जुनसुकै विकास परियोजना वा स्थानीय रुपमा सञ्चालित अन्य विकासका गतिविधिहरुमा पनि वाताबरण र विकासका गतिबिधि समानान्तर हुनुपर्ने र विकास परियोजनामा जनसमुदायको गुनासो एंव अवसरहरुको सम्वोधन हुनुपर्नेमा स्थानीय सरकारको जोड थियो ।


सम्बन्धित समाचार