Loading... आजः २२ आश्विन २०८१, मंगलवार

प्रमूख प्रतिपक्षीलाई फरक–फरक नजरबाट हेर्दै प्रदेश सभा

अझै प्रमूख प्रतिपक्षको कार्यालय सर्न पाएन माओवादी

सुर्खेत । कर्णाली प्रदेश सभा सचिवालयले दल हेरेर व्यवहार गर्ने गरेको पाइएको छ ।

विगतमा नेकपा एमाले प्रमूख प्रतिपक्षी दलको बेन्चमा बस्न पुग्दा हतार हतार कार्यालय सार्न खोजेको प्रदेश सभा सचिवालयले अहिले नेकपा माओवादी प्रमूख प्रतिपक्षी दल बनेको लामो समय भइसक्दा पनि कार्यालय सार्न चाहेको छैन ।

विगतमा नेकपा एमाले र नेकपा माओवादीको सत्ता सहकार्य भएको केहि दिनमै नेपाली काँग्रेसलाई कार्यालय हस्तान्तरण गर्न उर्दि जारी गरेको प्रदेश सभाले हाल नेपाली काँग्रेस सत्ता पक्षमा भएको लामो समय भइसक्दा पनि कार्यालय सार्ने बारेमा कुनै पनि निर्णय गरेको छैन ।

विगत देखि नै कम्प्यूटरसहित व्यवस्थित कार्यालयको रुपमा प्रमूख प्रतिपक्षी दललाई संसद सचिवालयले उपलब्ध गराउँदै आएको थियो । तर दलको सदस्य संख्या हेरेर पछिल्लो समय नेकपा माओवादीलाई सचिवालयले हेपेको छ भने विगतमा नेकपा एमालेलाई प्रदेश सभा सचिवालयले हेपेर तत्काल कार्यालय छाड्न उर्दि जारी गरेको थियो ।

‘एक दुई दिन पछि कार्यालय सारौंला भनेर उतिबेला हामीले प्रदेश सभा सचिवालयलाई जानकारी दिएका थियौं ।’ नाम उल्लेख नगर्ने शर्तमा एमालेका एक सांसदले भने, ‘सचिवालयले नमानेपछि तत्काल हामीले कार्यालय खाली गरिदिएका हौं ।’


सम्बन्धित समाचार