Loading... आजः २२ आश्विन २०८१, मंगलवार

नेकपा एसबाट एमाले फर्केका दैलेखका दुईसहित ८ जना प्रदेश कमिटि सदस्यमा भए अनुमोदित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटिको पूर्ण वैठकले दैलेखका तीन जनासहित आठ जनालाई प्रदेश कमिटि सदस्यमा अनुमोदन गरेको छ ।

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको २०८१ भाद्र २० गतेको सचिवालय बैठकद्वारा प्रदेश कमिटीमा मनोनित सदस्यहरु नाम प्रदेश कमिटिको पूर्ण वैठकले अनुमोदन गरेको हो ।

नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमै फर्केका दैलेखका बरुनाथ योगी र पूर्व सांसद पार्वती विशुन्खेको नाम पूर्ण वैठकले अनुमोदन गरेको हो । यस्तै दैलेखका एमाले नेता रुद्र बहादुर शाही पनि प्रदेश कमिटि सदस्य बनेका छन् ।

हाल भौतिक एवम शहरी विकास मन्त्री रहेका शेरबहादुर बुढापनि प्रदेश कमिटिमा आएका छन् भने एमालेको सुर्खेत जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित बनेका अमृत विसिलाई पनि प्रदेश कमिटीमा अनुमोदन गरिएको छ ।

रास्कोट नगरपालिकाका पूर्व मेयर जसि पाण्डे, जाजरकोटका खिमबहादुर शाही र हुम्लाका डबल रावतको नाम पनि प्रदेश कमिटिको वैठकले अनुमोदन गरेको हो ।


सम्बन्धित समाचार