Loading... आजः ४ पुष २०८१, बिहीबार

वीरेन्द्रनगर नगर अस्पतालबाट प्रसुति सेवा सूरु, अस्पतालमा प्रसुती हुने महिलालाई झण्डै ६ हजार प्रोत्साहन

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाद्धारा सञ्चालित नगर अस्पतालले आजबाट प्रसुति सेवा सुरु गरेको छ । वीरेन्द्रनगर नगर अस्पताल–७ सुर्खेत(पुरानो अस्पताल)मा नगरले अस्पताल सञ्चालनमा ल्याएसँगै हिलो प्रसुति सेवा लिनेमा वीरेन्द्रनगर १३ कि मानकुमारी कोइराला बन्न सफल भएकी छिन् । उनलाई उपप्रमुख मोहनमाया ढकालले आफै उपस्थित भई पोषण खर्च २ हजार, गर्भवती उत्प्रेरणा÷यातायात खर्च २ हजार ८ सय र एम्बुलेन्स यातायात भाडा १ हजार गरि जम्मा ५ हजार ८ सय रुपैंया हस्तान्तरण गरेकी हुन ।

]
मातृ मृत्युदर जोखिम कम गर्नका लागि गर्भवती सुत्केरी महिला नियमित अस्पतालमा आउन भनेर यो सेवा शुरु गरिएको बताउँदै नगरपालिकाले महिला तथा नवजात शिशुको अवस्था राम्रो होस भनेर प्रोत्साहन वापत सो रकम हस्तान्तरण गरिउको बताईन । उनले नियमित स्वास्थ्य जाँच गरे वापत, स्वास्थ्य संस्थामा आई सुत्केरी भएको खण्डमा एम्वुलेन्सको भाडा समेत गरेर पाँच हजार आठ सय रुपैंया सबै महिलाले पाउने जानकारी दिईन ।

‘हाम्रो एम्बुलेन्स प्रयोग नगरी आउको खण्डमा हामीले एम्बुलेन्स भाडा भनेर एक हजार थपेर दिएका हौं । हाम्रो एम्बुलेन्समा आएको खण्डमा उहाँहरुलाई त्यो रकम दिन सकिदैन ।’ उनले भनिन्, ‘नगरपालिकामा अहिले पनि घरमै सुत्केरी हुने समस्या देखिएकाले त्यसलाई हटाउन यो व्यवस्था लागु गरेका हौं ।’


सम्बन्धित समाचार