Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीमा एमाले एकजुट, पुरानै संरचनामा अघि बढयो पार्टी


सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश २०७५ जेठ दुइको अवस्थामा फर्किएको छ । आज नेकपा एमाले पार्टी कार्यालयमा अनौपचारिक रुपमा छलफल गर्दै नेकपा एमालेले कर्णालीमा एकताबद्ध भइ जाने निर्णय गरेको हो । आजको छलफलमा नेकपा एमालेका उपाध्यक्ष एवम कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवाली, सहइन्चार्ज यामलाल कंडेल, केन्द्रीय कमिटि सदस्य एवम प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, दैलेख इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्य राजबहादुर बुढा, गुलावजंग शाह, गोविन्दविक्रम शाह एमाले कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटी लगायत सहभागि भएका थिए ।
छलफलमा कर्णाली एमालेलाई एकताबद्ध बनाउने, पुरानै संरचनालाई व्युंताएर जनतामाझ जाने र जिल्ला भेलाहरु गर्ने, पार्टीको महाधिवेशनका बारेमा आवश्यक निर्णय गरेर कार्यान्वयनमा जाने लगायतका विषयमा छलफल भएको हो ।
नेकपा एमाले पुरानै संरचनाामाफर्केसँगै कर्णालीका दशै जिल्लामा विभिन्न मितिमा जिल्ला भेलाहरुको आयोजना गरिएको र त्यसमा सबैलाई उपस्थित हुन र खट्न आव्हान गरिएको नेता रिजालले बताए ।

 


सम्बन्धित समाचार