नदीमा फसेका चार जनाको नेपाली सेनाद्वारा उद्धार
सुर्खेत । डोल्पाको ठूलोभेरी नदीमा फसेका चार जना स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ ।
ठूलोभेरी नगरपालिका–३ धूपीचौरस्थित ठूलीभेरी नदीमा दाउरा सङ्कलन गर्न गएका बेला पानीको बहाव बढ्दा उनीहरु नदीको बिचमा फसेका थिए ।
नेपाली सेना, संग्राम शार्दुल गुल्म डोल्पाबाट खटिएका टोली, अन्य सुरक्षा निकाय र स्थानीयहरुको सहयोगमा उनीहरुलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको नेपाली सेनाले जनाएको छ ।
पहिलोप्रेस
१३ श्रावण २०८२, मंगलवार १६:२१