Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

क्यान्सरपीडित वडाअध्यक्ष शाहीको निधन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर –५ का वडाअध्यक्ष लोकबहादुर शाहीको आज निधन भएको छ । विगत लामो समयदेखि फोक्सोमा क्यान्सर हुँदा काठमाडौंको वीर अस्पतालमा उपचार गराईरहेका शाहीको आज सुर्खेत आउँदै गर्दा भेरीगंगा नगरपालिकाको हर्रेमा निधन भएको हो ।

वीर अस्पतालको आइसियुमै राखेर पनि सन्चो नहुने उपचारमा संलग्न चिकित्सकले बताएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बरका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले जानकारी दिए ।

उनका अनुसार भोलि बुधबार बिहान ९ बजे भेरी सुर्खेत नदिमा शाहीको दाहसंस्कार गरिने छ भने वीरेन्द्रनगर नगरपालिकाले समेत बुधवार शोक बिदा दिने भएको हो ।
उनि नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


सम्बन्धित समाचार