Loading... आजः १ कार्तिक २०८२, शनिबार

कृषि विकास कार्यालय दैलेखले ग¥यो झण्डै नब्बे प्रतिशत प्रगति, चालु भन्दा पुंजीगत खर्च बढी

सुर्खेत । कृषि विकास कार्यालय दैलेखले गत आर्थिक वर्ष २०८१÷०८२ मा झण्डै नब्बे प्रतिशत प्रगति गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वार्षिक समिक्षा कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमूख दशरथ पाण्डेले सो प्रगति विवरण प्रस्तुत गरेका हुन ।

उत्तः विवरण अनुसार कार्यालयले प्रदेश वित्तीय समानीकरण अन्र्तगत चालु र पुंजीगत गरि कूल १२ करोड २४ लाख ६ हजार बजेट विनियोजन भएकोमा १० करोड ९७ लाख ३९ हजार अर्थात ८९.६५ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

कृषि÷पशुसेवा विभाग (संघ सशर्त अनुदान) शीर्षकमा गत आर्थिक वर्षमा ३६ लाख विनियोजन भएकोमा ३० लाख ३७ हजार खर्च भएको हो, अर्थात ८४.३६ प्रतिशत र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत १५ लाख बजेट विनियोजन भएकोमा १४ लाख ९७ हजार अर्थात ९९.८० प्रतिशत वित्तीय प्रगति कार्यालयले हासिल गरेको हा्े ।

कार्यालय प्रमूख् पाण्डेका अनुसार कार्यालयले चालु खर्च अन्र्तगत ८७.३१ र पुंजीगत खर्च अन्र्तगत ९२.८६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको हो ।

कार्यालयले गत आर्थिक वर्षमा पाँच ओटा कार्यक्रमलाई बढी प्राथमिकता दिएको थियो । कृषि व्यवसाय प्रर्वद्धन अन्र्तगत रोडकरिडोरमा तरकारी खेति प्रवृद्धन कार्यक्रम अन्र्तगत २० लाख बजेट रहेकोमा १९ लाख ८२ हजार बजेट खर्च भएको छ ।

यस्तै, कृषि प्रविधि प्रर्वद्धन, कृषि प्रसार तथा खाद्य सुरक्षा कार्यक्रम अन्र्तगत कृषि सामुदायिक केन्द्र स्थापना शीर्षकमा तीन लाख ३६ हजार विनियोजन भएकोमा तीन लाख ३५ हजार रुपैंया खर्च भएको छ ।

मागमा आधारित साना सिंचाई शीर्षकमा ८० लाख बजेट रहेकोमा ७८ लाख २१ ह्जार रुपैंया खर्च भएको छ ।

गरिव लक्षित वर्ग विशेष कार्यक्रम अन्र्तगत ४० लाख बजेट रहेकोमा ३९ लाख ८० हजार र पुष्प खेति प्रर्वद्धन कार्यक्रममा एक लाख बजेट विनियोजन गरिएकोमा ९९ हजार रुपैंया खर्च भएको कार्यालय प्रमूख पाण्डेले जानकारी दिए ।

हेर्नुहोस, कार्यालयको प्रगति विवरण पिडिएफमा ।

pdf


सम्बन्धित समाचार