Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

कृषि निर्देशनालयले किसानको तिर्दियो १७ लाख रुपैंया बढीको जग्गा भाडा

निर्देशनालयको वार्षिक प्रगति सत्तरी प्रतिशत

सुर्खेत । कृषि विकास निर्देशनालय सुर्खेतले जिल्लाका १८ जना कृषकको जग्गा भाडा तिरिदिएको छ ।

निमित्त निर्देशक तिलक प्रसाद पाण्डेका अनुसार निर्देशनालयले आर्थिक वर्ष २०८१÷०८२ मा प्रतिरोपनी पाँ हजारका दरले ३४४ रोपनी जग्गाको भाडा तिरिदिएको हो ।

‘१८ जना कृषकलाई तरकारी, फलफूल, मौरी लगायतका बालीमा प्रतिफलमा आधारीत प्रोत्साहन उपलब्ध गराइएको छ भने जग्गा भाडामा लिइ खेती गरिरहेका २८ जना कृषकलाई प्रति रोपनी रु ५ हजारका दरले ३४४ रोपनी जग्गाको भाडामा सहयोग गरिएको छ ।’ उनले भने, ‘त्यसका अलावा आलु खेतीका लागी आलुको विउ १३ मेट्रीक वितरण गरिएको छ जसबाट ८५ मेट्रीक टन आलु उत्पादन भएको छ ।’

उनका अनुसार गत आर्थिक वर्षमा निर्देशनालयले गुर्भाकोट न.पा. मा ४७.५ हेक्टर क्षेत्रफलमा तरकारी विउ केराउ, मुला, भिण्डी, काक्रा लगायत, चिङ्गाड गाउँपालिका–२ मा ९.५ हेक्टर क्षेत्रफलमा सुन्तला बगैचा स्थापना, सिम्तामा अदुवा वेसारको क्षेत्र विस्तार, पंचपुरीमा १.५ हेक्टर क्षेत्रफलमा तरकारी खेती, बराहताल ९ मा २१ जना कृषकले ५ हेक्टर क्षेत्रफलमा मकै तथा मकै विउ उत्पादन, लेकवेशी १० मा २५ जना कृषकले १.५ हेक्टर क्षेत्रफलमा तरकारी खेती, विरेन्द्रनगर १२ मा ३ वटा सहकारी÷समुह र फर्म मार्फत २३० मौरी घारमा मौरी पालन र भेरिगंगा ३ मा २२ जना कृषकले १.५ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् ।

निर्देशनालयले बैङ्क मार्फत ब्याज अनुदान कार्यक्रमका १८२ वटा व्यावसायिक फर्महरुको स्थलगत अनुगमन गरि अनुदान रकम भूक्तानीका लागी मन्त्रालयमा सिफारीस गरेकोमा जसमध्ये करिव ९० प्रतिशत अनुदानग्राहीले पशुपालन गरिरहेका छन् । अनुगमन गरिएका मध्ये करिव २३ प्रतिशत फर्महरु भूक्तानीका लागी अयोग्य भएको देखिन्छ ।
यस्तै, ८ वटा सहकारी मार्फत संचालीत ब्याज अनुदान कार्यक्रम मध्ये यस ७ वटा सहकारीका ३१७ जना कृषकको पशुपालन, कुखुरा पालन तथा तरकारी खेती ब्यवसायको स्थलगत अनुगमन गरी ब्याज अनुदान रकम रु ३० लाख भूक्तानी भएको र संचालन गरेको व्यावसायबाट बार्षिक प्रति परिवार ३ देखी ४ लाख आम्दानी गरिरहेका छन् ।
‘सुर्खेत जिल्लाका ३ वटा प्रदेश निर्वाचन क्षेत्र अन्तरगत पंचपुरी नगरपालीका १ मा १ वटा सिचाई कुलो निर्माण, आँपको विरुवा रोपण भएको छ जसबाट ३२ जना कृषकको १२.८ हेक्टर खेतमा सिचाई सुविधा पुग्नुका साथै सिचाई निर्माण गर्दा २३ जनाले १ महिना रोजगारी समेत प्राप्त गरेका छन् ।’ निर्देशक पाण्डेले भने, ‘भेरिगंगा नगरपालीका ९ मा तरकारी खेतीका लागी विउ, मल, तथा औजार उपकरण खरिदमा सहयोग भएको छ जसबाट ३५ जना लक्षित वर्गका कृषकले तरकारी खेती गरिरहेका छन् । सिम्ता गाँउपालीका ६ का बादी समुदायमा ७० जना कृषकले फलफुल बगैचा (आँप), तरकारी खेती गरेका र सो को लागी आवश्यक विउ मल र औजार उपकरण मिनिटिलरमा सहयोग गरिएको छ ।’

सुर्खेतमा २२ जना कृषकले ७ हेक्टर क्षेत्रफलमा चैते धानको खेती गरि २६ मेट्रीक टन उत्पादन गरेको निर्देशनालय ले जनाएको छ ।
निदेर््शनालयले पुष्पखेती प्रर्वद्धन कार्यक्रम अन्तरगत कटप्लावरको लागी वीनपा–४ मा गुलाव, जरबेरा र जिप्सी लगायत फुलको खेती विस्तार गरिएको जनाएको छ । जसबाट हाल माला तथा बुँके बनाइ विक्रिवितरण समेत भैरहेको छ । साथै सयपत्री फूल खेतीको लागी ६६ जना कृषकलाई विउ वितरण गरिएको छ जसबाट ३५ मे टन फुल उत्पादन हुने अनुमान गरिएको निर्देशक पाण्डेले जनाए ।

‘१७ जना युवा कृषकलाई तरकारी खेती, फलफूल लगायतको खेती गर्न युवालक्षित कृषि कार्यक्रम मार्फत प्रति कृषक रु ७५ हजार सम्म अनुदान सहयोग गरिएको छ ।’ उनले भने, ‘बर्षे तथा हिउँदे फलफूलका १० हजार ५ सय गोटा विरुवा वितरण गरिएको छ जसबाट आँपरलिचि, कागती, ओखर र एभोकाडो लगायतको ५७ हेक्टर क्षेत्रफलमा बगैचा विस्तार हुनेछ ।’

गत आर्थिक वर्षमा जिल्ला भरि ६५ वटा सिचाई आयोजनाहरु सम्पन्न भएका छन् । ४४ कुलो, १८ पोखरी, ३ लिप्ट सिचाई योजना निर्माण भै ३८१७ हेक्टर क्षेत्रफलमा सिचाई क्षेत्रविस्तार भएको साथै योजना निर्माणमा करिव १५५९ जनाले करिव २ महिना रोजगारी समेत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र विशेष साना सिचाई निर्माण कार्यक्रम अन्तरगत ३ वटा निर्वाचन क्षेत्रका १६ वटा सिचाइ योजना सम्पन्न भएका छन् ।
निर्देशनालयले अख्तियार प्राप्त गरेको बजेटको ७० प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।

निर्देशनालयले गत आर्थिक वर्षमा १३ करोड ९८ लाख ८ हजार बजेट प्राप्त गरेकोमा नौ करोड ७४ लाख २७ हजार बजेट खर्च गरेको हो ।

हेर्नुहोस निर्देशनालयका गतिबिधी पिडिएफमा

Surkhet

 

 


सम्बन्धित समाचार