एमाले निकट खेलकुद महासंघको आज प्रदेश अधिवेशन
विहान प्रभातफेरि सम्पन्न, मुख्यमन्त्री कंडेलले उदघाटन गर्ने
सुर्खेत । नेकपा एमाले निकट खेलकुद महासंघले आज वीरेन्द्रनगरमा प्रभातफेरि सम्पन्न गरेको छ । वीरेन्द्रनगरको शुभ होटेलमा प्रथम अधिवेशनको आयोजना गरिएको महासंघका स्थायी कमिटि सदस्य एवम सुर्खेत जिल्ला इन्चार्ज प्रमोद हमालले जानकारी दिए ।
उक्त अधिवेशनको आज मुख्यमन्त्री एवम नेकपा एमाले स्थायी कमिटि सदस्य यामलाल कंडेलले उदघाटन गर्ने हमालले जानकारी दिए । ‘अहिले महासंघको प्रदेश संयोजक पंख मल्ल हुनुहुन्छ ।’ उनले भने, ‘आज सम्पन्न हुने अधिवेशनले कार्यकारी समिति चयन गर्नेछ ।’
पहिलोप्रेस
१६ श्रावण २०८२, शुक्रबार ११:४६