Loading... आजः २ कार्तिक २०८२, आईतवार

‘कोदो’ दिवसको अवसरमा मानव सेवा आश्रममा मन्त्रालयको खाद्यान्न उपहार !

सुर्खेत । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज प्रथम कोदो दिवसलाई भव्य रुपमा मनाएको छ । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मुल नाराका साथ आज वीरेन्द्रनगरमा कोदो रोपेर दिवस मनाउन थालिएको हो ।

सरकारले असार २३ गते निर्णय गर्दै आज साउन १६ गते कोदो दिवस मनाउने निर्णय गरेअनुरुप मन्त्रालयले पनि आज कोदो दिवस मनाएको हो ।

मन्त्रालयले मानव सेवा आश्रममलाई कागुनो २० किलो, कोदोको पिठो ५० किलो, दूध ५० लिटर, चिनी १० किलो, आलु एक सय किलो, खीर मसला, बन्दा काँक्रा गरेर जम्मा २८ हजार ६०० रुपैयाँ बराबरको समान हस्तान्तरण गरेको छ ।

‘कर्णाली प्रदेशमा १७ हजार ८४ हेक्टर जमिनमा खेति भई २१ हजार ४५५ टन उत्पादन हुने गरेको छ । कर्णाली प्रदेशको हुम्ला र मुगु जिल्लामा कोदो जन्य बालि प्रथम खाद्य बाली र जुम्लामा दोस्रो खाद्य बालीको रुपमा रहेको छ ।’ सचिव रावतले भने, ‘कर्णाली प्रदेशमा खाध्य सुरक्षाको दृष्टिकोणले २८३६५ मे.ट बचतमा रहेको भएतापनि हिमाली जिल्ला हरु डोल्पा, हुम्ला, मुगु र कालिकोटहरुमा २२, ६७३ मे.ट खाद्यान्न अपुग भएको तथ्यांक छ । कृषि मन्त्रालयको २०१९ को तथ्यांक अनुसार, नेपालमा १८०.१ मिलियन रुपैया बराबरको कोदोजन्य बाली खाद्यान्न, बेकरी, मादक पदार्थ, र उद्योगका लागि आयात भएको छ ।’

उनले कर्णाली प्रदेशमा कोदो खेतिका लागि उपयुक्त जमिन, हावापानी रहेको बताए ।

‘कर्णाली प्रदेशमा भूगोल बनावट, हावापानी र खेति अभ्यासहरु हेर्दा कोदो बालीको निकै सम्भावना रहेको छ । यस क्षेत्रमा लामो समय देखि खेति हुदै आईरहेको हुनाले धेरै जातीय बिबिधता पाइने गरेको छ । विभिन्न संघ÷संस्थाको समन्वयमा हुम्ला जिल्लाको दुधे चिनो, जुम्ला जिल्लाको रातो कोदो राष्ट्रिय बिउ प्रणालीमा बिधिबत दर्ता भई गुणस्तरीय बिउ उत्पादन कार्य अगाडी बढिरहेको छ ।’ उनले भने, ‘कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्थानीय, रैथाने बालीहरुको प्रबद्र्धन र संरक्षणमा ध्यान दिदै आफ्ना बार्षिक नीति तथा कार्यक्रम मार्फत योगदान पुर्याउदै आइरहेको सबैमा जानकारी नै छ ।’

मन्त्रालयले संघीय कार्यक्रम अन्तर्गत प्रांगारिक खेति प्रबद्र्धन, रैथान बाली प्रबद्र्धन कार्यक्रम हरु प्रदेशकै १० जिल्ला हरुमा कृषि विकास कार्यालय र स्थानीय तहहरु संगको समन्यव र विभिन्न विकास साझेदारहरु संगको सहकार्यमा संचालन गर्दै आइरहेको उनले जानकारी दिए ।

‘मन्त्रालयले कर्णालीका स्थानीय बालीहरु कोदो, चिनो, कागुनो, सिमि, मार्से, फापर, स्याउ, ओखर आदि उच्च मूल्य बस्तुहरुको सहज बजार र मुल्यका लागो मुल्यवान मापदण्ड तयार गरि कार्यन्वयन गरिरहेको छ भने कोदो जन्य लगायत रैथाने बालीहरुको खाद्य परिकारको बिबिधता र प्रबद्र्धन गर्न मेला महोत्सब जस्तो क्रियाकलाप निरन्तर रुपमा गर्दै आइरहेको छ । कर्णालीलाई थाह छ कि कर्णालीको सम्वृद्धि यहाको स्थानीय र रैथाने बस्तुबाट हुन्छ जो भूगोल सुहाउदो, जलबायु अनुकुलित हुने क्षमता भएको र पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण छन ।’ उनले भने, ‘यी बालीहरुको संरक्षण, प्रबद्र्धन र ब्यबसायिकरण गर्न अनुसन्धान, स्थानीय बिउ प्रणाली सबलीकरण, महिला मैत्री कृषि औजार र उपकरण र मुल्य सृंखला सबलीकरण कृषक प्रोत्शाहन कार्यक्रम र उपभोक्ताको चेतना अभिवृद्धि थप सहयोग गर्नुपर्ने आबश्यक देखिन्छ ।’


सम्बन्धित समाचार