खेलकुद महासंघ कर्णालीको अध्यक्षमा हमाल निर्वाचित

सुर्खेत । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा प्रमोद हमाल सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार वीरेन्द्रनगरमा सुरु भएको प्रदेश अधिवेशनबाट हमाल अध्यक्षमा निर्वाचित भएका हुन । उनि महासंघको स्थायी कमिटि सदस्य समेत हुन ।
उपाध्यक्षमा डम्बर बहादुर शाही र पूर्णबहादुर शाही निर्वाचित भए भने सचिवमा शशिराम विश्वकर्मा निर्वाचित भए ।
उपसचिवमा भक्तबहादुर शाह र रेखा बुढा निर्वाचित हुँदा जगत प्रसाद रिजाल कोषाध्यक्षमा निर्वाचित भएका हुन ।
सदस्यहरुमा उमेश कार्की मुगु, तिलक बुढा डोल्पा, दिलिप चौंलागाई कालिकोट, जय बहादुर बुढा जुम्ला, नविन सिंह जाजरकोट, बलबहादुर फडेरा हुम्ला, दिपक मल्ल रुकुम पश्चिम, सुदिप शाही दैलेख, रमेश नेपाली र सन्तोष शाही सुर्खेतको भूगोलबाट चयन भएका छन् ।
यस्तै, खुला सदस्यमा जगदिश विस्ट, मान बहादुर रावत, भुपेन्द्र विक, महेश धराला, तिलक वादी, ललितजंग कार्की, भीमबहादुर शाही, निशा किरण राना, जानकी तारामी मगर, उर्गेन तेन्जिङ लामा सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष हमालले बताए ।
‘अब ६ जना सदस्य चयन गर्न बाँकी छ ।’ नवनिर्वाचित अध्यक्ष हमालले भने, ‘ती ६ जनाको नाम महासंघको पहिलो वैठकबाट टुंगो लगाई अघि बढछौं । पहिलो वैठकमै हामी ६ जना सदस्यलाई मनोनित गर्छौं ।’
पहिलोप्रेस
१७ श्रावण २०८२, शनिबार १४:०९