Loading... आजः ४ पुष २०८१, बिहीबार

सभामुखले एमाले फूटाउने भूमिका खेलेः उपाध्यक्ष ज्ञावली

सुर्खेत ।
नेकपा एमालेका उपाध्याक्ष एवम कणर्ाली प्रदेश संयोजक युवराज ज्ञावलीले नेकपा एमाले फूटाउनमा सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको बताएका छन् । नेकपा एमाले कणर्ाली प्रदेश कमिटिले आयोजना गरेको पत्रकार स्म्मेलनलाई सम्वोधन गर्दै उनले संविैधानिक जिम्मेवारीमा रहेका सभामुखले एमाले फूटाउन सहयोगी भूमिका निर्वा गरेको बताउँदै तइस कार्यको उमालेले सधैं प्रतिरोध गर्ने बताए ।
‘सभामुख पदमा जो व्यक्ति बसेपनि उहाँले निष्पक्षतामा काम गर्नुपर्छ । पार्टीले हाम्रा कार्यकर्ताहरुलार्ए कारवाही गर्न संस्थागत निणर्य गरेर निजवेदन दिइसकेपछि त्यसलाई लामो समयसम्म राख्नु, स्वाभाविक रुपमा हामीले उठाउनुपर्ने विषय हुँदै हो । त्यो घटनाले पुष्टि गर्छ कि सभामुख चाहिँ एमाले फूटाउनकालागि भूमिका खेल्नु भएको छ भन्ने कुरा तथ्यबाट देखिन्छ । यो कुनै आरोप प्रत्यारोपको कुरा होइन ।’ उनले भने,‘यो पदमा पुगिसकेपछि नियम बमोजिम के गर्नुपर्ने हो त्यो गर्नुपर्छ । संविधान बमोजिम मात्रै काम गर्न पाईन्छ अर्को काम गर्न त्यो ठाउँमा बसेपछि मिल्दैन ।’

माधवले हामीलाई छोडनु भएको हो
उनले नयाँ पार्टि दर्ता गर्न माधव नेपाल नै गएको र उनले नै आफुहरुलाई छोडेको बताएका छन् ।
‘माधव कमरेडले स्थायी कमिटिको वैठकपनि नराखेर अचानक नयाँ पार्टी दर्ता गर्न पुग्नुभयो यो यर्थाथ हो । तपाई पार्टी दर्ता गर्न जाँदै हुनुहुन्छ रे भनेर त्यही दिन विहान मैले फोन गरेर सोध्दा उहाँले हो भन्नु भयो, मैले स्थायी कमिटिको वैठक बसाल्नुस, त्यहाँ छलफल गरेपछि मात्रै के गर्नुपर्ने हो, जानु पर्ने हो भने जाऔंला नजानु पर्ने हो भने नजाऔंला, छलफल नै नगरेर नयाँ दल दर्ता गर्न जानु भनेको इतिहासमै ठूलो गल्ती हुन्छ ।

संस्थागत निणर्य नगरिकन नजानुहोस ।’ उनले भने, ‘केन्द्रीय कमिटिले विभाजनमा नजाने भनेर निणर्य गरेको थियो । अर्को वैठक नबसीकन उहाँ दल दर्ता गराउन जाँदा खेरि उहाँले छोडेको भयो कि हामीले छोडेको भयो ? तथ्यले के भन्छ ? मलाई छोडेर जानुभयो भनेर हामीलाई आरोप लगाउनु भएको छ, वैठकमा छलफल नै नगरिकन दल दर्ता गर्न जाने ? वास्तवमा छोडेको उहाँले हो ।

सल्लाह गरेको भए हामी जान्थ्यौं कि जाँदैनथ्यौं, हामी जाँदैनथ्यौं । वैठक बसेको भएपनि हामी विभाजनमा जाने थिएनौं । सायद उहाँले ठान्नु भयो होलाकी, बैठक बसालेको भए दश जनाले आफुलाई रोक्न खोज्नेछन्, त्यसो भएको हुनाले उहाँले जानकारी विनै नयाँ दल खोल्न हाम्फाल्नु भएको हो ।’
माधव नेपालले अचानक स्थायी कमिटिको बैठक नराखेको, पार्टि फूटाउन सहमतिमा नहुदाँ नहुदैँ दल दर्ता गरेको, एउटै विचार भएको पार्टी निर्माण गर्नु गलत हो, नेता प्रधान होइन, नीति प्रधान हो, व्यक्ति प्रधान होइन, पार्टी प्रधान हो भनेर भनेपनि नमानेको आरोप लगाए ।
माधव नेपाल सहितको एकता गर्ने प्रयास भएको बताउँदै उपाध्यक्ष ज्ञावलीले नेपालले ओलीसंग मिलेर बस्न नचाहेको बताए ।
‘नयाँ दर्ता गरेर ठूलो गल्ती गर्नुभएको छ, उहाँले कुनै दिन विचार गर्नुहोला, यो कसरी जष्टिफाई गर्नुहुन्छ, उहाँले कसरी ठिक गरेँ भनेर, एउटै नीति, एउटै विचार धारा भएको पार्टी विभाजन गरेर यसको औचित्य पुष्टि गर्नसक्नुहुन्न’ उपाध्यक्ष ज्ञवालीले भने,‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर, तपाईहरुले जित्नुहुन्न, आफुले आफुलाई सिध्याउने दिशामा लाग्नुभएको छ, एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नूस् ।’


सम्बन्धित समाचार