Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीका महिला जनप्रतिनिधी भन्छन् : बलात्कारलाई सामान्य नठानियोस्

सुर्खेत ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेकी प्रदेशसभा सांसद पदमाकुमारी खड्काले बलत्कारलाई सामान्य नठान्न आग्रह गरेकी छिन । पहिलो प्रेससँग संक्षिप्त कुरा गर्दै खड्काले कणर्ाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीबाट यौन दुव्र्यवहारबाट पीडित भनिएकी महिलाले की सहमतिको सम्बन्ध हो भनी स्वीकार्नु पर्छ, हैन भने एउटी पीडित महिला क्यामेराको अगाडि रोइरहेकी हुन्छिन र सरकारका मन्त्री जबर्जस्ती महिलासंग सम्बन्ध राख्छन । यस्ता यौन पिपासु मन्त्रीलाई कणर्ाली सरकारले किन बरखास्त नगरेको भन्दै प्रश्न गरिन । पछिल्लो समय पीडित महिलाले सामाजिक संजाल लगायत सञ्चार माध्यममा आफू निर्दोष भएको बताउँदै आएकी छन् । के यो कुनै लाभका लागि भिडियो खिचेर बार्गेनिङ गरिएको हो ? यदि यसो हो भने ति महिला र उनको पक्षलाई पनि कारबाहीको दायरा ल्याउनु पर्ने उनको तर्क छ ।

बलात्कार जस्तो जघन्य अपराधको आरोप लाग्नु र भिडियो समेत सामाजिक संजालमा भाइरल हुँदासमेत कणर्ाली सरकारले यसबारे आफ्नो धारणा स्पष्ट पार्न नसक्नु आफैमा लाजमर्दो विषय भएको उल्लेख गरिन् । हिजो अन्याय भयो भनेर भिडियो सहित प्रहरीसम्म पुगेको पीडित पक्ष अहिले किन होइन भन्छ ? यसको कारण खोजिनु पर्दैन ? भन्दै आक्रोस पोखिन । व्यक्तिगत लाभका लागि प्रयोग गरिने यस्ता चरित्रहिन कार्यले हाम्रो समाजलाई कता लादैछ यस बिषयमा सरोकार वाला निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिदै खड्काले भनिन् पूर्व भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीलाई मुद्दा लाग्ना साथ कालिकोटबाटै बर्खास्त गर्ने कणर्ालीका मुख्यमन्त्रीले अहिलेसम्म यसबारे निणर्ायक भूमिका खेल्न नसक्नु लज्जापद विषय भएको बताईन् ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले कणर्ाली प्रदेश सरकार घुम्ने मेच माथिको अन्धो मान्छे भएको आरोप लगाएकी छन् । प्रत्यक्ष महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक भएको भन्दै सो भिडियोको सत्य तथ्य के हो तुरुन्त छानबिन हुनुपर्ने माग गर्दै बहालवाला कृषि मन्त्रीले राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्दा राम्रो हुने बताइन् । यस्तो अवस्थामा महिलामा पनि डर, धम्की, दबाब, प्रभाव जस्ता कुराहरूले प्रभाव पार्दा अनुसन्धानमा सत्य लुक्ने हुँँदा पीडित महिलाको सरकारले सुरक्षाको जिम्मेवारी लिनुपर्ने उल्लेख गरिन । आरोपित मन्त्रीलाई तुरुन्त बर्खास्त गरी सत्य तथ्य पत्ता लगाई कारबाहीको दायरामा ल्याउन भन्दै कानुनी राज्य र न्यायीक सर्वोच्चता कायम गर्न ढकालले आग्रह गरिन ।


सम्बन्धित समाचार