एनआरएनए ओहायो च्याप्टर अध्यक्षमा दैलेखका बुढा चयन
सुर्खेत । दैलेखका विजय वुढा गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर अमेरीकाको अध्यक्षमा सर्वसम्म चयन भएका छन् । दैलेखको महावु गाउँपालिका ३ बाँसीका वुढा एनआरएनए ओहायो च्याप्टर अमेरीकाका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्षमा निर्वाचित भएपछि वुढाले गैरआवासीय नेपालीहरुको साथ र विश्वास नै आफुहरुको शक्ति भएको प्रतिक्रिया दिएका छन् । उनले गैरआवासीय नेपालीहरूको भरोसालाई कहिल्यै टुट्न नदिने भन्दै गैरआवासीय नेपाली समुदायको हित र प्रगतिका लागि निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् ।
यसअघि प्रवासी नेपाली मन्चको अध्यक्ष समेत रहेका वुढा एनआरएनए ओहायो च्याप्टर अमेरीकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनले गैरआवासीय नेपालीहरुलाई एकतावद्ध वनाएर मातृभूमीका लागि योगदान दिने वताएका छन् ।
यस च्याप्टरले ओहायो स्थित नेपालीहरूका लागि सांस्कृतिक, शैक्षिक र कन्सुलर सेवा प्रवाह गर्ने अध्यक्ष वुढाले वताए । उनले नेपाली राजदूतावाससँगको सहकार्यमा सेवा शिविर र सम्पर्क कार्यक्रम समेत संचालन गरिने वताए ।
च्याप्टर अध्यक्ष वुढाले स्थानीय नेपाली संघसंस्थासँग सहकार्य गरी समुदायमुखी कार्यक्रमको आयोजना गरिने पनि जानकारी दिए । उनले ओहायो र राष्ट्रिय समन्वय परिषद् बीचको सम्बन्ध अझ सुदृढ बनाउने बताए ।
पहिलोप्रेस
१९ श्रावण २०८२, सोमबार १०:०५