सशस्त्र युद्धका घाईते, वेपत्ता/शहिदकालागि जीवन निर्वाह भत्ता
चार हजार बढीलाई कर्णाली सरकारले बाँड्यो नौ करोड, डोल्पामा शून्य
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका ७९ ओटै पालिकामा रहेका शहिद परिवार, घाईते र वेपत्ता परिवारलाई गत आर्थिक वर्षमा मात्रै नौ करोड भन्दा बढी रकम बाँडेको छ ।
तत्कालिन सशस्त्र युद्धमा घाईते, शहिद/वेपत्ता भएका कर्णालीका २ हजार १२१ जना र घाईते भएका १ हजार ९२० जनालाई जनही दुई हजारका दरले मासिक भत्ता स्वरुप नौ करोड ६९ लाख ८४ हजार रुपैंया आर्थिक वर्ष २०८१/०८२ मा बाँडिएको हो ।
कर्णाली प्रदेशका दश जिल्ला मध्ये नौ ओटा जिल्लामा रकम वितरण भएको छ भने डोल्पा जिल्लामा भने एक रुपैंया पनि खर्च नभएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस कुन पालिकामा कतिले पाए भत्ता ? पुरा विवरण
पहिलोप्रेस
२१ श्रावण २०८२, बुधबार ०८:१३